Suvadin, Home

Cover Image

विवेकशील नेपाली पार्टीद्वारा धुर्मुससुन्तली फाउन्डेशनलार्इ सहयाेग

विवेकशील नेपाली पार्टीले धुर्मुससुन्तली फाउन्डेशनलार्इ  पाँच लाख सहयाेग गरेकाे छ। कलाकार एवम् समाजसेवी सीताराम कट्टेल र कुञ्जना घिमिरकाे फाउन्डेशनलार्इ उक्त पार्टीले सहयाेग गरेकाे हाे।
विवेकशील नेपाली पार्टीका साथ कलाकार सीताराम कट्टेल।

काठमाडाैं, फागुन १५ - विवेकशील नेपाली पार्टीले धुर्मुससुन्तली फाउन्डेशनलार्इ  पाँच लाख सहयाेग गरेकाे छ। कलाकार एवम् समाजसेवी सीताराम कट्टेल र कुञ्जना घिमिरकाे फाउन्डेशनलार्इ उक्त पार्टीले सहयाेग गरेकाे हाे।

याे जाेडीले पछिल्लाे समय भूकम्पले प्रभावित केही ठाँउमा एकीकृत बस्ती बनाएकाे छ। अहिले याे जाेडी बर्दिवासमा एकीकृत नमुना मुसहर बस्ती बनाउन जुटेका छन्। पछिल्लाे समय बस्ती निर्माणमा अढाइ करोड रकम अभाव भएकाे थियाे। उक्त रकम जुटाउन उनीहरूलार्इ विभिन्न संघ-संस्थाले मदत पुर्याउँदै अाएका छन्।

विवेकशील नेपाली पार्टीले युवाहरूकाे पार्टीका रूपमा अाफ्नाे परिचय बनाएकाे छ। यसअघि पनि उक्त पार्टीले विभिन्न सामाजिक कार्य गर्दै अाएकाे छ। नेपाललाई शान्त र सम्बृद्ध बनाउन उद्देश्यका साथ याे पार्टी सन् २०१४ जुन १२मा स्थापना भएकाे हाे।


 

More form the Internet

loading...