Suvadin, Home

सन्नीकाे बायोपिक विवादमा, फिल्मको नाम फेर्न दबाब

बायोपिकको नाम ‘करणजित कौरः एन अनटोल्ड स्टोरी अफ सन्नी लियोनि’ लाई लिएर सिख समुदायले आपत्ति जनाएका छन्। सिखहरूको संगठन सिरोमणि गुरुद्वारा प्रबन्धक कमिटीका प्रवक्ता दिलजित सिंहले बायोपिकको नाम परिवर्तन गर्नुपर्ने अन्यथा प्रशारण हुन नदिने चेतावनी दिए।

काठमाडाैं, साउन ४ – बलिउड सिने जगतमा फिल्महरू धेरै नि विवादित हुने गरेका हामि सहजैरूपमा देख्न सक्छाै। बलिउडमा फिल्मकाे प्रमाेसन नै सायद त्यहि विवादलार्इ नै मान्ने गर्छन्।

बलिउडमा रिलिज अगाडी विवादमा परेर सायद कमै मात्र रिलिज हुन्छन्। त्यस्तै अहिले अभिनेत्री सन्नी लियोनिको बायोपिक पनि विवादमा आएको छ।

बायोपिकको नाम ‘करणजित कौरः एन अनटोल्ड स्टोरी अफ सन्नी लियोनि’ लाई लिएर सिख समुदायले आपत्ति जनाएका छन्। सिखहरूको संगठन सिरोमणि गुरुद्वारा प्रबन्धक कमिटीका प्रवक्ता दिलजित सिंहले बायोपिकको नाम परिवर्तन गर्नुपर्ने अन्यथा प्रशारण हुन नदिने चेतावनी दिए।

प्राेन चलचित्रकी नायिकाको बायोपिकमा ‘कौर’ थर प्रयोग हुँदा सिख समुदायलाई ठेस पुग्ने सिंहको भनाई छ। बायोपिकको ट्रेलर केही दिनअघि मात्र सार्वजनिक गरिएको छ।


 

More form the Internet

loading...