Suvadin, Home

२४ माघबाट विराजको ‘साङ्लो’ प्रदर्शन हुने 

 नायक विराज भट्टको साङ्लो फिल्म आगामी माघ २४ देखि प्रदर्शनमा आउने भएको छ । धनगढीमा बिहीबार पत्रकार सम्मेलन गर्दै उक्त चलचित्रका निर्मातासमेत रहेका नायक विराज भट्टले माघ २४ बाट देशभर प्रदर्शन हुने जानकारी दिएका हुन् ।

काठमाडौं ।  नायक विराज भट्टको साङ्लो फिल्म आगामी माघ २४ देखि प्रदर्शनमा आउने भएको छ । धनगढीमा बिहीबार पत्रकार सम्मेलन गर्दै उक्त चलचित्रका निर्मातासमेत रहेका नायक विराज भट्टले माघ २४ बाट देशभर प्रदर्शन हुने जानकारी दिएका हुन् ।

सुदूरपश्चिममा छायांकन भएको चलचित्रमा सुदूरपश्चिमको भासु भीर, जोरायल गाउँपालिकाका छतिवन ताललगायतका लेकाली भेगका दृष्य कैद गरिएका छन् । 'साङ्लो'मा अपराध, मनोरञ्जन तथा ग्रामीण कथावस्तु समेटिएको पत्रकार सम्मेलनमा नायक भट्टले बताए । 

सुदूरपश्चिम प्रदेशमा चलचित्र निर्माणका लागि भर्जिन क्षेत्र रहेकाले प्रचारप्रसारका लागि साङ्लो पनि छायांकन गरिएको उनको भनाइ थियो ।

गत १२ मंसिरमा युट्यूबबाट सार्वजनिक गरिएको चलचित्र साङ्लोको चरीले काफल टिप्यो गीत २० लाख ८६ हजारभन्दा बढीले हेरिसकेका छन् ।


 

More form the Internet

loading...