Suvadin, Home
Nepal life 2.266M

‘वीर बिक्रम २’ मा अाकाश श्रेष्ठ र वर्षा सिवाकोटी

चलचित्र ‘वीर बिक्रम २’को अफिसियल घोषणा गरिएको छ। २०७३ सालमा रिलिज भएको चलचित्र ‘वीर बिक्रम’को सिक्वेलको रुपमा बिहीबार राजधानीमा एक विशेष कार्यक्रम गर्दै ‘वीर बिक्रम २’को घोषणा गरिएको हो। चाम्स इन्टरटेन्मेन्ट र लन्डन सिने आईको ब्यानरबाट बन्न लागेको चलचित्रलाई मिलन चाम्सले निर्देशन गर्दैछन्। चलचित्रमा पुराना कलाकारको रूपमा नाजिर हुसेन मात्र दोहरिने छन् भने नयाँ कलाकारको रूपमा यस चलचित्रमा नायक आकाश श्रेष्ठ, नायिका बर्षा सिवाकोटी, बुद्धि तामाङ रहने छन्।

काठमाडाैं, १६ कात्तिक  – चलचित्र ‘वीर बिक्रम २’को अफिसियल घोषणा गरिएको छ। २०७३ सालमा रिलिज भएको चलचित्र ‘वीर बिक्रम’को सिक्वेलको रुपमा बिहीबार राजधानीमा एक विशेष कार्यक्रम गर्दै ‘वीर बिक्रम २’को घोषणा गरिएको हो। चाम्स इन्टरटेन्मेन्ट र लन्डन सिने आईको ब्यानरबाट बन्न लागेको चलचित्रलाई मिलन चाम्सले निर्देशन गर्दैछन्।

चलचित्रमा पुराना कलाकारको रूपमा नाजिर हुसेन मात्र दोहरिने छन् भने नयाँ कलाकारको रूपमा यस चलचित्रमा नायक आकाश श्रेष्ठ, नायिका बर्षा सिवाकोटी, बुद्धि तामाङ रहने छन्। त्यस्तै बालकलाकारको रूपमा मनिष लिम्बुले डेव्यु गर्दैछन्। चलचित्रमा नाजिर, आकाश र वर्षाको अलावा बिनिशा भण्डारी, शिशिर राणा, क्षितिज सुवेदी लगायतका कलाकारको अभिनय रहने छ।

चलचित्र युनिटले कलाकारलाई भव्य रूपमा स्वागत गर्दै चलचित्रको घोषणा गरेको थियो। तिहार लगत्तै छायाँकन शुरु हुने चलचित्रका निर्माता पनि मिलन चाम्स हुन्। चलचित्रमा सह निर्माताको रूपमा अर्पण सापकोटा रहेका छन्। वीर बिक्रम २ को कथा प्रदिप भारद्धाजले लेखेका हुन्।

चलचित्रमा संगीत रंजित गजमेर, राजनराज सिवाकोटी, तारा प्रकाश लिम्बुको रहने छ। सुदिप बरालको छायाँकन रहने चलचित्रमा कोरियोग्राफी कविराज गहतराजको रहने छ। चलचित्रमा द्धन्द्ध हिमाल केसी, सम्पादन बनिष शाहको रहने छ।


 

More form the Internet

loading...