Suvadin, Home

राष्ट्रकवि घिमिरेले कांग्रेस प्रवक्तालाई भने, 'तीन दिनमा अाइहाल्छु भन्दिनु है ल'

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले दिल्लीको मेदान्त अस्पतालमा उपचाररत राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई भेटेर स्वास्थ्यलाभको कामना गरेका छन्। नेपाली कांग्रेस पार्टीको प्रतिनिधित्व गर्दै मेदान अस्पतालमा पुगेको प्रवक्ता शर्माले राष्ट्रकवि घिमिरेको स्वास्थ्य अवस्थाका बारेका जानकारी लिँदै शीर्घ स्वास्थ्यलाभको कामना गरेका हुन्।
राष्ट्रकविलार्इ भेट्न पुगेका कांग्रेस प्रवक्ता।

इन्द्रकमल जैरू, नयाँ दिल्ली, १४ जेठ – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले दिल्लीको मेदान्त अस्पतालमा उपचाररत राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई भेटेर स्वास्थ्यलाभको कामना गरेका छन्।

नेपाली कांग्रेस पार्टीको प्रतिनिधित्व गर्दै मेदान अस्पतालमा पुगेको प्रवक्ता शर्माले राष्ट्रकवि घिमिरेको स्वास्थ्य अवस्थाका बारेका जानकारी लिँदै शीर्घ स्वास्थ्यलाभको कामना गरेका हुन्।

शर्माले ट्वीटमार्फत दिएको जानकारी अनुसार उनीहरूबीच केहीबेर कुराकानी पनि भएको थियो।

'पार्टीको प्रतिनिधित्व गर्दै दिल्लीको मेदान्त अस्पताल पुगेँ, राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यलाभको कामना गरेँ,' उनीले ट्वीटमा भनेका छन्, 'नातिका रूपमा थोरैबेर रमाइला गफ गरेँ, हिँड्ने बेला मुस्कुराउँदै बालसुलभ भावमा बोल्नुभयो `म ३ दिनमा आइहाल्छु भन्दिनु है ल´!'

राष्ट्रकवि घिमिरेको स्वास्थ्य अवस्था गम्भीर भएपछि दिल्ली ल्याइएको हो।

करिब दुई साता आन्तरिक रक्तश्राव भएपछि राष्ट्रकवि घिमिरेको ग्राण्डी अस्पतालको सघन कक्षमा राखी उपचार गरिएको थियो। ९९ वर्षीय घिमिरेको स्वास्थ्य अहिले सामान्य रहेको चिकित्सकले जनाएका छन्।


 

More form the Internet

loading...