Suvadin, Home

Cover Image

बाबु-छोराको असमझदारी ‘ब्ल्याक’मा

दुई पुस्ताबीचको द्वन्द्व सामाजिक जीवनको अभिन्न अंग हो। आ–आफ्नो मान्यतामा अडिग रहने बाबु–छोरा पुस्ता सधैं आफ्नो मान्यताका लागि लडिरहेका हुन्छन्। यस्तोमा नयाँ पुस्ताले सँधैं अघिल्लो पुस्तालाई आफूहरूको कुरा नबुझ्ने र परम्परावादी भनेर आरोप लगाउँछ भने पुरानो पुस्ताले पनि नयाँ अनुभवका हिसाबले परिपक्व नभएको तर्क पेश गर्छ।
चलचित्र ब्ल्याकको कलाकार र निर्माण टिम।

काठमाडौं, चैत १ - दुई पुस्ताबीचको द्वन्द्व सामाजिक जीवनको अभिन्न अंग हो। आआफ्नो मान्यतामा अडिग रहने बाबुछोरा पुस्ता सधैं आफ्नो मान्यताका लागि लडिरहेका हुन्छन्। यस्तोमा नयाँ पुस्ताले सँधैं अघिल्लो पुस्तालाई आफूहरूको कुरा नबुझ्ने र परम्परावादी भनेर आरोप लगाउँछ भने पुरानो पुस्ताले पनि नयाँ अनुभवका हिसाबले परिपक्व नभएको तर्क पेश गर्छ।

बाबुछोराको पुस्ताबीच हुने यस्तै असमझदारीलाई कथामा ब्ल्याकनामको फिल्म बन्ने भएको छ। केही दिनपहिले कमलादीस्थित गणेश मन्दिरमा सेतो परेवा उडाउँदै फिल्मको औपचारिक घोषणा गरियो। आश्मा फिल्मसको प्रस्तुति रहने फिल्मलाई प्रदीप श्रेष्ठले निर्देशन गर्न लागेका हुन्।

फिल्ममा आकाश श्रेष्ठ र रेनुका सिंह ठकुरीको मुख्य भूमिका रहनेछ। आकाशले यसअघि अनमोल केसी ब्यानरको सुस्मिता केसी निर्मित फिल्म म त तिम्रै हुँबाट डेब्यू गरेका थिए। उनले साम्राज्ञीसँग पनि तिमीसँगनामको फिल्ममा काम गरिसकेका छन्।

आश्मा पाण्डे निर्माता रहेको फिल्ममा मौनता श्रेष्ठको लेखन, रामशरण उप्रेतीको छायांकन, महेश खड्का र प्रदीप पौडेलको संगीत रहेको छ। वसन्त अधिकारी मुख्य सहायक निर्देशक रहेको फिल्ममा नृत्य निर्देशन रामजी लामिछानेको रहेको छ। करण सिंह निर्माण नियन्त्रकको रुपमा रहेका छन् ।

फिल्ममा अघिल्लो पुस्ताका कलाकारको पनि उपस्थिति रहनेछ। फिल्ममा सुन्दर श्रेष्ठ, आश्मा पाण्डे, आयुष रिजाल, धिरेन शाक्य, सुशील क्षेत्री, प्रिया रिजाल, पनि महत्वपूर्ण भूमिकामा देखिनेछन्। (फिल्मी खबर)


 

More form the Internet

loading...