Suvadin, Home

‘ब्ल्याक इयर’को सुटिङ चल्दै, कस्तो छ कथावस्तु?

लक्षु गौतमद्वारा निर्देशित फिल्म ‘ब्ल्याक इयर’मा वि.सं. २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि उत्पन्न परिवेशलाई समेटिएको छ। वि.सं. २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पमा हजारौंले ज्यान गुमाए। र, अर्बौंको क्षति भएको थियो। नेपालको इतिहासमा यस दिनलार्इ कालो दिन मानिन्छ।
फिल्मको एउटा दृश्यमा कलाकारहरू।

काठमाडौं, १७ भदौ – विनाशकारी भूकम्पमा सम्झनामा निर्माण भइरहेको चलचित्र ‘ब्ल्याक इयर’को सुटिङ चलिरहेको छ।

लक्षु गौतमद्वारा निर्देशित फिल्म ‘ब्ल्याक इयर’मा वि.सं. २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि उत्पन्न परिवेशलाई समेटिएको छ। वि.सं. २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पमा हजारौंले ज्यान गुमाए। र, अर्बौंको क्षति भएको थियो। नेपालको इतिहासमा यस दिनलार्इ कालो दिन मानिन्छ।

त्यसै दिनको स्मरण गर्दै आमनेपाली र भावी सन्ततिलार्इ याद होस् भनेर फिल्म निर्माण गरिएको कलाकार सुरेन्द्र बुढाथोकीले जानकारी दिएका छन्।

फिल्मको छाँयाङ्कन हुनुअघि नै वि.सं. २०७६ वैशाख १२ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको उक्त फिल्ममा रश्मी शाह, उकेश पनेरु, अनुपा खड्का, देव सागर, पवन भट्टराई, सुरेन्द्र बुढाथोकीलगायतको मुख्य भूमिका रहने छ।


 

More form the Internet

loading...