Suvadin, Home
Nepal life 2.75M

फिल्मका ‘संस्कारी व्यक्ति’ आलोक नाथमाथि यौन हिंसाको आरोप

विनताले निकै लामो फेसबुक पोष्टमार्फत घटनाको सबिस्तार जानकारी दिएकी छिन्। यद्यपि, उनले आलोक नाथको नाम नलिइकनै पोष्ट लेखिन्, ‘उनले ममाथि शारिरिक दुर्व्यवहार गरे, जब म सन् १९९४ को चर्चित कार्यक्रम ‘तारा’ का लागि काम गरिरहेको थिएँ।’ त्यसपछि आलोक नाथको पनि बयान सार्वजनिक भएको छ।

काठमाडाैं, २४ असोज – तनुश्री दत्ता मामलापछि बलिउडमा थुप्रै महिलाले आफूविरुद्ध भएको यौन शोषणको खुलेर आवाज उठाउन थालेका छन्। नाना पाटेकर, कैलाश खेर र विकास बहलमाथि लागेको यौन शोषण र हिंसाको आरोपपछि अब लेखिका र फिल्मनिर्माता विनता नन्दाले आलोक नाथविरुद्ध यौन शोषणको आरोप लगाएका छन्।

विनताले निकै लामो फेसबुक पोष्टमार्फत घटनाको सबिस्तार जानकारी दिएकी छिन्। यद्यपि, उनले आलोक नाथको नाम नलिइकनै पोष्ट लेखिन्, ‘उनले ममाथि शारिरिक दुर्व्यवहार गरे, जब म सन् १९९४ को चर्चित कार्यक्रम ‘तारा’ का लागि काम गरिरहेको थिएँ।’ त्यसपछि आलोक नाथको पनि बयान सार्वजनिक भएको छ।

विनताले आफ्नो कुरा मात्र लेखिनन्। उक्त कार्यक्रमका बेला मुख्य नायिका नवनित निशानमाथि भएको घटनाको पनि जानकारी दिइन्। उनका अनुसार एक सीनको क्रममा आलोक सेटमा रक्सी पिएर आएको र त्यसपछि शुटिङ गरिरहेका बेला नवनितमाथि खसेपछि उनलाई नवनितले थप्पड हानेकी थिइन्।

हुन त विनताले यो फेसबुक पोष्टमा आलोकनाथको नाम लेखेकी छैनन् तर जुन कार्यक्रम र जसरी उनले संस्कारी शब्दको प्रयोग गरेकी छिन् त्यसबाट स्पष्ट हुन्ट कि उनी आलोकनाथबारे नै कुरा गरिरहेकी छिन्। आइएएनएसका अनुसार एक कुराकानीमा विनताले फेसबुकमा जुन व्यक्तिको कुरा गरिरहेकी थिइन् ती आलोकनाथ नै भएको स्विकार गरेकी छिन्।

लामो फेसबुक पोष्टमा विनताले लेखिन्, ‘उनकी श्रीमती मेरो राम्री साथी थिइन्। हामी एकअर्काको घरमा आउजाउ गर्दथ्यौं। हाम्रा साथीहरु पनि एकै थिए धेरैजसो थिएटरका। म त्यतिबेला टिभीको कार्यक्रम ‘तारा’ लेखिरहेकी थिएँ र यसको प्रोडक्शन पनि गरिरहेकी थिएँ। उनी मेरो लिड गर्लको पछि हात धोएर लागेका थिए तर उनलाई भने आलोकनाथमाथि कुनै रुची थिएन।’

आलोक नाथको स्पष्टिकरण

यसबारे आलोक नाथले भारतीय संचार माध्यमसँगको कुराकानीमा भनेका छन्, ‘आजको जमानामा यदि कुनै महिला कुनै पुरुषमाथि आरोप लगाउँछिन् भने पुरुषको कुनै पनि प्रतिक्रिया र स्ष्टिकरणले महत्व राख्दैन। म विन्टालाई राम्रोसँग चिन्दछु। यो मामलामा म चुप नै बस्न चाहन्छु। उनलाई आफ्नो विचार साझा गर्ने हक छ। समय आएपछि सही कुरा के हो त्यसबारे थाहा हुने नै छ। अहिले म यो कुरा पचाउने कोसिस गरिरहेको छु। यसबारे पछि प्रतिक्रिया दिनेछु।’


 

More form the Internet

loading...