Suvadin, Home

Cover Image

जुन तस्बिरबाट स्टारहरू टाढा भाग्छन्

दिनअघि रणवीर कपुरकाे बिहेकाे खबर निकै तीव्र रूपमा भाइरल भयाे र भर्खरै एउटी युवतीसँगकाे गाेप्य तस्बिरहरू फेरि भाइरल भए। मानिसहरूले तस्बिरहरूकाे बारेमा यथार्थ जानकारी पाउनुअघि नै उक्त तस्बिरहरू एकाएक निकै भाइरल भइसकेका थिए। खबरमा अाएअनुसार रणवीरकी अामा नितु कपुरले वेलायतमा उनका लागि एक व्यापारिक घरानाका केटी खाेजिसकेकी र रणवीरलाई पनि त्याे केटी मन परिसकेकी छिन्। 
रणवीरकाे भाइरल भएकाे तस्बिर।

काठमाडाैं, जेठ ३- केही दिनअघि रणवीर कपुरकाे बिहेकाे खबर निकै तीव्र रूपमा भाइरल भयाे र भर्खरै एउटी युवतीसँगकाे गाेप्य तस्बिरहरू फेरि भाइरल भए। मानिसहरूले तस्बिरहरूकाे बारेमा यथार्थ जानकारी पाउनुअघि नै उक्त तस्बिरहरू एकाएक निकै भाइरल भइसकेका थिए। 

खबरमा अाएअनुसार रणवीरकी अामा नितु कपुरले वेलायतमा उनका लागि एक व्यापारिक घरानाका केटी खाेजिसकेकी र रणवीरलाई पनि त्याे केटी मन परिसकेकी छिन्। 

फ्यानहरूले सार्वजनिक भएका तस्बिरहरू रणवीरकी अामाले उनका लागि बेलायतमा हेरेकी केटीका हुन् कि अड्कल काटेका थिए तर एकपछि अर्काे गर्दै सार्वजनिक भएका उक्त तस्बिरहरू रणवीरकाे नयाँ टेलिभिजन विज्ञापनका थिए। रणवीर कपुर मैक्राेमैन ब्राण्डका नयाँ ब्राण्ड एम्बेस्डर हुन् र त्यसैका लागि उनले भाइरल भएका तस्बिरहरू सार्वजनिक गरेका थिए।  

निजी जीवनका लाग्ने रणवीरका यी तस्बिरहरू टेलिभिजन विज्ञापनका लागि मात्र भए पनि बलिउडमा यस्ता असली तस्बिरहरू पनि छन्। जसबाट स्टारहरू जहिले पनि टाढा भागिरहे। 

शाहिद-करिना 

शाहिद कपुर र करिना कपुरकाे याे तस्बिर भारतीय एक प्रतिष्ठित म्यागेजिनले फ्रन्ट पेजमा छापेकाे थियाे। उनीहरूकाे गाेप्य तस्बिर र भिडियाे कसरी सार्वजनिक भयाे भन्नेबारे कुनै तथ्य बाहिर अाएकाे छैन तर उनीहरूकाे व्यक्तिगत जीवनमा भने यसले निकै धक्का पुर्याएकाे थियाे। 

रणवीर कपुर र कैटरिना कैफ

रणवीर कपुर र कैटरिना कैफकाे डेटिङ अब नयाँ समाचार रहेन। उनीहरू गाेप्य डेटिङमा रहेका बेला सार्वजिक भएकाे याे तस्बिरले निकै हंगामा गरेकाे थियाे। यस तस्बिरले सबैभन्दा बढी तनाव दीपिका पादुकाेणलार्इ दिएकाे थियाे, किनभने उक्त समयमा दीपिकासँग रणवीरले डेट गरिरहेका थिए। 

 फरहान अख्तर र श्रद्धा कपुर

फरहान र श्रद्धा दुबैले अाफूहरूकाे अफयेर बारेमा कुनैप नि समाचार बाहिर ल्याएका थिएनन्। तर, उनीहरूकाे डेटिङ भिडियाे निकै भाइरल बनेकाे थियाे। 

मलार्इका अराेरा खान र अर्जुन कपुर

मलाइका र अरवाबब खानकाे सम्बन्धविच्छेद हुनु पछाडिकाे मुख्य कारण अर्जुन कपुरलार्इ मानिन्छ। तर, उनीहरूले यस कुरालार्इ झुठाे भएकाे भन्दै अाएका छन्।  तर, केही महिनाअघि अर्जुन र मलाइकाका यी तस्बिरहरूले निकै भाइरल भएका थिए।

सलमान खान र लुलिया वंतर

सलमान खान र लुलियाबीचकाे प्रेम सम्बन्धका विषयमा बहस जारी छ। तर, दुबैले यसलार्इ स्वीकारेका छैनन्। तर, उनीहरूकाे फाेटाे भने निकै भाइरल भएकाे थियाे।


 

More form the Internet

loading...