Suvadin, Home

श्रद्धा र राजकुमारको 'स्त्री'ले राम्रो व्यापार गर्दै

कमेडीको उत्कृष्ट कथा, शानदार स्टार कास्ट र दर्शकबाट मिलेको बलियो वर्ड अफ माउथका कारण फिल्मको विजनेशमा ठूलो उप्रभाव परेको छ।

काठमाडाैं, १ असाेज – बलिउड एक्टर राजकुमार राव र एक्ट्रेस श्रद्धा कपूरको फिल्म ‘स्त्री’ अघिल्लाे शुक्रवारबाट प्रदर्शनमा आएको छ। कुनै विशेष दिन विना नै रिलिज भएको यो लो बजेटको फिल्मले यतिबेला सिनेमा घरमा शानदार कलेक्सन गरिरहेको छ।

फिल्ममा राजकुमार राव, श्रद्धा कपूर, अपारशक्ति खुराना, पंकज त्रिपाठी र अभिषेक बर्नजीको महत्वपूर्ण भूमिका रहेकाे छ। पहिलो दिन नै ६.८२ करोडको कमाई गरेको याे फिल्मले अहिलेसम्म लगभग ६० करोडको आँकडा भारतिय मिडियाले जनाएका छन्।

कमेडीको उत्कृष्ट कथा, शानदार स्टार कास्ट र दर्शकबाट मिलेको बलियो वर्ड अफ माउथका कारण फिल्मको विजनेशमा ठूलो उप्रभाव परेको छ।

फिल्म ट्रेड एक्सपर्ट तरुण आदर्शले शनिवार ट्विट गर्दै ‘स्त्री’ ले रफ्तार पकडेको बताएका छन्। उनले लेखेका छन्, 'उत्कृष्ट अभिनयका कारण लो बजेटको यो फिल्मलाई ठूलो सफलता मिल्दै गएको छ।


 

More form the Internet

loading...