Suvadin, Home

के दिपीकालार्इ अझै रणवीरकाे ह्याङले छाेडेकाे छैन?

उनीहरुको विवाहको सम्भावित मितिसमेत सार्वजनिक भइसकेको थियो। तर, रणवीर विवाह गर्न हतार देखिए पनि दिपीकाले  अहिले विवाह नर्गने इच्छा देखाएकी छिन्। दुवै परिवार बिहेका लागि राजी भए पनि दिपीका अझै विवाह गर्न हिचकिचार्इ रहेकी छिन्। उनी किन यस विवाहबाट पन्छिन खोजेकी हुन भन्ने अन्योलको विषय बनेको छ। 

काठमाडाैं, २३ जेठ – धेरै लामाे समयदेखि प्रेम सम्बन्धमा रहेका बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दिपीका पादुकाेणकाे  विवाहकाे मिति सर्ने छाटकाँट देखिएकाे छ।

उनीहरुको विवाहको सम्भावित मितिसमेत सार्वजनिक भइसकेको थियो। तर, रणवीर विवाह गर्न हतार देखिए पनि दिपीकाले  अहिले विवाह नर्गने इच्छा देखाएकी छिन्।

दुवै परिवार बिहेका लागि राजी भए पनि दिपीका अझै विवाह गर्न हिचकिचार्इ रहेकी छिन्। उनी किन यस विवाहबाट पन्छिन खोजेकी हुन भन्ने अन्योलको विषय बनेको छ। 

विवाहको मिति सर्ने देखिएपछि दीपीकाको पुरानो प्रेम सम्बन्धको विषयमा पनि चर्चा चल्न थालेको छ। विगतमा दिपीका र रणवीर कपुर प्रेम सम्बन्धमा थिए।

दिपीकाले रणवीरलार्इ भुल्न नसकेकै कारण विवाह गर्न इन्कार गरेको हुनसक्ने धेरैको अनुमान समेत रहेको छ। के अझै उनलार्इ साच्चै नै रणवीर कपुरकाे ह्याङले छाेडेकाे छैन?


 

More form the Internet

loading...