Suvadin, Home

सम्बन्धविच्छेद निकै कठिनः एन्जेलिना जाेली

पछिल्लाे वर्ष हलिउडमा चर्चित जाेडी अभिनेता ब्राड पिट र अभिनेत्री एन्जेलिना जाेलीकाे सम्बन्धविच्छेदकाे खबरले विश्वभरिका शुभचिन्तकहरूलार्इ उदास बनाएका छ। शुभचिन्तकले याे खबर झुटाे हाेस् भन्नेसम्मकाे कामना गरिरहेका छन्। तर, सम्बन्धविच्छेद पश्चात माैन रहेकी जाेलीले हालै एक अन्तर्वातामा उक्त बारेमा मुख खालेकी छिन्। ब्राडसँगकाे विच्छेद निकै गाह्राे रहेकाे बताँउदै उनले भनिन्, 'जीवनमा धेरैले यस्ताे समस्या भाेगेका छन्, स्वभावैले मैले र मेराे परिवारले दुखद परिस्थितकाे रूपमा यसलार्इ लिएकाे छ।'
अभिनेत्री एन्जेलिना जाेली र अभिनेता ब्राड पिट ।

काठमाडाैं, फागुन १०


पछिल्लाे वर्ष हलिउडमा चर्चित जाेडी अभिनेता ब्राड पिट र अभिनेत्री एन्जेलिना जाेलीकाे सम्बन्धविच्छेदकाे खबरले विश्वभरिका शुभचिन्तकहरूलार्इ उदास बनाएका छ। शुभचिन्तकले याे खबर झुटाे हाेस् भन्नेसम्मकाे कामना गरिरहेका छन्।

तर, सम्बन्धविच्छेद पश्चात माैन रहेकी जाेलीले हालै एक अन्तर्वातामा उक्त बारेमा मुख खालेकी छिन्। ब्राडसँगकाे विच्छेद निकै गाह्राे रहेकाे बताँउदै उनले भनिन्, 'जीवनमा धेरैले यस्ताे समस्या भाेगेका छन्, स्वभावैले मैले र मेराे परिवारले दुखद परिस्थितकाे रूपमा यसलार्इ लिएकाे छ।'

ब्राड र उनका छ सन्तान एउटै परिवार रहेकाे बताउँदै सन्तान नै उनकाे प्राथमिकता रहेकाे खुलासा गरिन्। छ सन्तानमध्ये तीन जना उनीहरूकाे संरक्षणमा रहेका बालबालिका हुन्। अरू तीन जना एञ्जेलिना र ब्राडकै सन्तान हुन्। 

सन् २००५ मा रिलिज भएकाे फिल्म 'मिस्टर एण्ड मिसेस'बाट प्रेमसम्बन्धमा रहेकाे याे जाेडीले सन् २०१४मा विवाह गरेका थिए। ब्राडअघि एन्जेलिनाकाे दुर्इ पटक विवाह भएकाे थियाे।

ब्राड उनका तेस्राे श्रीमान् हुन्। यस्तै, एन्जेलिना ब्राडकाे दाेस्राे श्रीमती हुन्। एन्जेलिनाअघि ब्राडले अभिनेत्री जेनिफर एनिस्टनसँग विवाह गरेका थिए। जुन ६ वर्षसम्म चलेर ताेडिएकाे थियाे।


 

More form the Internet

loading...