Suvadin, Home

ओस्कार अवार्डका लागि 'बुलबुल' सिफारिस

९२औं ओस्कार अवार्ड लागि नेपाली कथानक चलचित्र 'बुलबुल'लाई नेपालबाट सिफारिस गरिएको छ ।

काठमाडौं । ९२औं ओस्कार अवार्ड लागि नेपाली कथानक चलचित्र 'बुलबुल'लाई नेपालबाट सिफारिस गरिएको छ ।

एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सेसद्वारा सन् २०२० मा घोषणा गरिने उक्त अवार्डका निम्ति बुलबुललाई सिफारिस गरिएको हो ।

नेपालको अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समितिले सन् २०१८ अक्टोबर १ देखि सन् २०१९ अगस्ट ३० सम्म सार्वजनिक प्रदर्शन भएका चलचित्र मध्येबाट 'बुलबुल'लाई छनोट गरी सिफारिस गरेको हो ।

विनोद पौडेलले निर्देशन गरेको बुलबुलमा स्वस्तिमा खड्का र मुकुन भुसालको मुख्य भूमिका रहेको छ ।


 

More form the Internet

loading...