मोटरसाइकलमा सवार ब्यक्तिद्वारा गोली प्रहार १ काे हत्या, २ प्रहरी घाइते

काठमाडाैं, ४ असाेज – सुनसरीको हरिनगर गाउँपालिका २ मा भारतीय नं प्लेट भएको मोटरसाइकलमा सवार ब्यक्तिद्वारा एक नेपालीकाे गोली हानी हत्या गरीएको छ।
हरिनगर गाउँपालिका २ मा स्थानिय खुर्शिद इस्लाहीलाई भारतीय नं प्लेट भएको मोटरसाइकलमा सवार ब्यक्तिद्वारा गोली प्रहार गर्दा घाइते भएका खुर्शिदको घटनास्थलमै मृत्यु भएकाे हाे।
गाेली हानी भारततर्फ भागेकाकाे छेक्ने क्रममा प्रहरीमाथि समेत गाेली प्रहार हुँदा २ जना प्रहरी घाइते भएका छन्। हाल हत्या गरी फरार हुनेको प्रहरीद्वारा खोजी कार्य भइरहेको छ।