Suvadin, Home

Cover Image

'क्याप्टेन’ को अफिसियल पोस्टर सार्वजनिक

जितका लागि गोल हान्न मैदानमा संघर्षरत एक फुटबल खेलाडीको अवस्थामा अनमोललाई चित्रण गरिएको छ। पोस्टरको ब्याकग्राउण्डमा उनी ११ नम्बरको जर्सीमा खेल मैदानतर्फ निहालिरहेका छन्।

काठमाडाैं, १० भदाै –  सुपरस्टार अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ। निर्देशक दीवाकर भट्टराईले शनिवार सामाजिक सञ्जाल फेसबुकमार्फत् फिल्मको आधिकारिक पोस्टर सार्वजनिक गरेका हुन्।

जितका लागि गोल हान्न मैदानमा संघर्षरत एक फुटबल खेलाडीको अवस्थामा अनमोललाई चित्रण गरिएको छ। पोस्टरको ब्याकग्राउण्डमा उनी ११ नम्बरको जर्सीमा खेल मैदानतर्फ निहालिरहेका छन्।

जर्सीमा उनको नाम ‘इशान’ लेखिएको छ। गाउँदेखि राष्ट्रिय स्तरको खेलाडी बन्न एउटा युवाले गरेको संघर्षको कथा फिल्म ‘क्याप्टेन’ ले बोल्छ। फिल्मको आधिकारिक पोस्टर सार्वजनिक भएपनि प्रदर्शन मिति भने अझै घोषणा गरिएको छैन।


 

More form the Internet

loading...