Suvadin, Home
Citizen Bank 466.5k

Cover Image

हेमराज बिसी विरूद्ध चलचित्र संघमा उजुरी

राठीले फागुन १७ मा ‘द ब्रेकअप’ प्रदर्शन रोक्न माग गर्दै बिसी विरुद्ध चलचित्र संघमा उजुरी दिएका हुन्।

काठमाडाैं, ५ पुस – फिल्म ‘द ब्रेकअप’ निर्देशक हेमराज बिसी विरुद्ध चलचित्र संघमा उजुरी परेको छ। स्रोतका अनुसार उनी विरुद्ध वितरक मनोज राठीले ‘द ब्रेकअप’ फिल्मको रिलिज डेटलाई लिएर उजुरी दिएका हुन्।

यसअघि पौष २७ गते प्रदर्शन गर्ने भनिएको फिल्मको रिलिज डेट आफुसँग सल्लाह नगरी फागुन १७ फाइनल गरेको भन्दै उनले उजुरी दिएका हुन्। सोही मितिमा फिल्म ‘क्याप्टेन’ पनि प्रदर्शन हुँदैछ जुन मनोज राठीले नै वितरण जिम्मा लिएका छन्। आफुले वितरण जिम्मा लिएको दुवै फिल्म एकै दिन रिलिज हुने भएपछी वितरकले उजुरी गरेका हुन्।

राठीले फागुन १७ मा ‘द ब्रेकअप’ प्रदर्शन रोक्न माग गर्दै बिसी विरुद्ध चलचित्र संघमा उजुरी दिएका हुन्। यसले कुन रुप लिन्छ त्यो भने प्रतिक्षाको विषय बनेको छ।


 

More form the Internet

loading...