Suvadin, Home

स्टुटगार्टबाट युरोप यात्रा सुरु
जर्मनीमा छक्कापञ्जा–२ को आक्रामक व्यापार

छक्का पञ्जाकाे कीर्तिमान सफलतापछि दीपक–दीपाकाे समूहकाे छक्कापञ्जा–२ काे युराेप यात्रा अाइतबारदेखि जमर्नीकाे स्टुटगार्टबाट सुरू भएकाे छ। देशका मल्टिप्लेक्सहरूमा अाक्रमक व्यापार गरिरहेकाे र विदेशमा समेत सफलतापूर्वक प्रदर्शन भइरहेकाे चलचित्र छक्कापञ्जा– २ ले १२ दिनमा १२ कराेडकाे व्यापार गरेकाे खबर मेराेसिने डट कमले प्रकाशित गरेकाे छ।
छक्कापञ्जा–२ को पोष्टर।

जर्मनी, असाेज ३०– छक्का पञ्जाकाे कीर्तिमान सफलतापछि दीपक–दीपाकाे समूहकाे छक्कापञ्जा–२ काे युराेप यात्रा अाइतबारदेखि जमर्नीकाे स्टुटगार्टबाट सुरू भएकाे छ।

देशका मल्टिप्लेक्सहरूमा अाक्रमक व्यापार गरिरहेकाे र विदेशमा समेत सफलतापूर्वक प्रदर्शन भइरहेकाे चलचित्र छक्कापञ्जा– २ ले १२ दिनमा १२ कराेडकाे व्यापार गरेकाे खबर मेराेसिने डट कमले प्रकाशित गरेकाे छ।

देशमा उत्कृष्ट प्रदर्शनीमा रहेका चलिचत्रले अचेल विदेशिएका नेपाली माझ पनि उत्तिकै माया पाउने गरेका छन्। छक्कापञ्जा–२ काे युराेपकाे सुरूवात पनि अाशालाग्दाे भएकाे छ।

करीब डेढ सय नेपालीकाे बसाेबास रहेकाे स्टुटगार्ट र अासपासका क्षेत्रबाट चलचित्र हेर्नकै लागि विगतका केही वर्षदेखि स्टुटगार्ट अाउने चलन चलेकाे छ। विदेशमा रहेर पनि नेपाली भाषाकाे चलचित्र अाधुनिक सुविधा सम्पन्न विदेशी सिनेमाहलभित्र नेपालीहरूमाझ रमाइलाे गर्दै हेर्न पाउनुलार्इ एक उत्सवकाे रूपमा लिइने गरेकाे छ।

त्यसैले प्रत्येक वर्षकाे नेपाली चलचित्र प्रदर्शनीकाे क्रम बढ्दाे छ। नेपाली चलचित्रकाे बढ्दाे गुणस्तरसँगै यसका दर्शकहरूकाे संख्या पनि बढ्दै गइरहेकाे छ।

छक्का पञ्जा २ काे अागामी प्रदर्शन बर्लिनमा अक्टाेबर २१ गते, ह्याम्बर्गमा अक्टाेबर २७ र २८ गते र म्युनिखमा २८ गतेका दिन हुने भएकाे छ।

यस्तै हुँदै जाने हाे भने नेपाली चलचित्रले विस्तारै विश्व बजारमा अाफ्नाे अस्तित्व कायम गर्न धेरै समय लाग्ने छैन। स्टुटगार्टकाे प्रदर्शनीका अायाेजक मध्यका एक माधव श्रेष्ठका अनुसार दशैं तिहारका बेलामा नेपाल जानेहरूकाे संख्या बढेका कारण अपेक्षाकृत भीड जम्मा नहुन सके पनि उत्साजनक उपस्थिति भएकाे थियाे।

‘सबै भन्दा सुखद त चलचित्र हेरि सकेर दर्शकहरूले दिने स्यावासी हुन्छ। भेटघाट र रमाइलाेकै लागि पनि चलचित्र प्रदर्शनी अायाेजना गर्ने जाेश दिन्छ,’ अर्की अायाेजक कृष्टिना थापामगरले थपिन्।

‘चलचित्रकाे सफल प्रदर्शनी पश्चात हलबाट बाहिर अाउने दर्शकहरूकाे प्रतिकृया बुझ्दा सबैजना सन्तुष्ट देखिन्थे। राम्राे लाग्याे। केहि मान्छेहरूले अलि निराशाजनक कुरा गरेकाे भएपनि चलचित्र रमाइलाे छ। झन साथीभाइहरूसँग रमाइलाे गर्दै हेर्न पाउँदाकाे मज्जा त बेग्लै छ‘ सहभागी मध्येकी एकले भनिन्।

‘पहिलाे भाग त खुबै रमाइलाे थियाे। मध्यान्तर पछिकाे भाग अलि गम्भीर जस्ताे भएपनि समग्रमा रमाइलाे छ। मनाेरञ्जन गर्नका लागी पस्नेहरू रमाएरै निस्किन्छन्,‘  एक जना अर्की सहभागीले भनिन्।

हाइलाइट्स नेपालद्वारा वितरणकाे जिम्मा लिइएकाे र अन्तर्राष्टि्य कलाकार समाज (इनास) का अध्यक्ष सुनिल गुरूङले जर्मनीकाे वितरणकाे जिम्मा लिएका छन्।

छक्का पञ्जा २ काे अागामी प्रदर्शन बर्लिनमा अक्टाेबर २१ गते, ह्याम्बर्गमा अक्टाेबर २७ र २८ गते र म्युनिखमा २८ गतेका दिन हुने भएकाे छ।

त्यसका साथसाथै जर्मनीका अन्य मुख्य सहरहरूमा पिन यसकाे प्रदर्शनी गर्ने लक्ष्य लिइएकाे छ। 

वितरक गुरूङका अनुसार नेपालीहरूमाझ भेटघाटको बहाना बनेको नेपाली चलचित्रको प्रदर्शनीलार्इ नियमित बनाएर विदेशस्थित नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको आपसी भाइचारा बढाउनुका साथसाथै नेपाल कराकार र सम्पूर्ण कलाक्षेत्रकै उत्थानमा थोरै भए पनि योगदान दिन सकिन्छ कि भन्ने उद्देश्यका साथ जर्मनीमा नेपाली चलचित्रहरूको नियमित प्रदर्शनीमा अन्तर्राष्ट्यि कलाकार समाजले हात हालेको हो।

उनले भने, ‘छक्का पञ्जाकोअहिले सम्मको अग्रिम बुकिङ हेर्दा एकदमै उत्साहित देखिन्छ। कम नेपाली भएको सानो सहरहरूमै पनि सफलता पाउनु भनेको ठूलो सहरमा अझै राम्रो व्यापार गर्ने निश्चित हुनु हो।’


 

More form the Internet

loading...