Suvadin, Home

स्टेप अप” नृत्य प्रतियोगिताको अन्तिम नतिजा सार्वजनिक

भर्चुअल नृत्य प्रतियोगिता “स्टेप अप” को अन्तिम नतिजा सार्वजनिक भएको छ । मात्रत्रेय इन्टरटेनमेन्टले डिजिटल पेमेन्ट सेवाप्रदायक संस्था डिजिपेको  प्रायोजनमा आयोजना गरेको भर्चुअल नृत्य प्रतियोगिता “स्टेप अप” को फाइनल चरणका लागि २२ जना प्रतियोगीहरु छनौटमा परेका  थिए जसमध्येबाट सामाजिक सञ्जाल तथा डिजिटल भोटिङ्गबाट प्राप्त जनमतका आधारमा  उज्जवल र पुजाको जोडी विजेता बन्न सफल भएको छ । 

त्यसैगरी ज्यास्मीनी गिरीले दोश्रो, सरस्वती धिमालले तेश्रो, सुयना जोशीले चौथो र मानवी खड्गीले पाँचौ स्थान प्राप्त गरेका छन् । “स्टेप अप” भर्चुअल नृत्य  प्रतियोगिताका उपाधि विजेताले नगद रु २५ हजारसँगै गिफ्ट भौचरहरु पनि पुरस्कार स्वरुप प्राप्त गर्ने आयोजकले जनाएको छ । 


 

More form the Internet

loading...