Suvadin, Home

सलमान खानले र्इ-साइकल लन्च गर्ने

अाफू पनि गाडीभन्दा साइकल चलान रूचाउने उनले छिट्टै र्इ-साइकल लन्च गर्ने खबर बाहिर अाएकाे छ। यसका लागि उनले अाफ्नाे संस्थाका सदस्यहरूलार्इ जानकारी गराएका छन्। ई-साइकलकाे नमूना तयार भइसकेकाे छ। उक्त साइकल पूर्णरूपमा अारामदायी अाधुनिक सिस्टमयुक्त भएकाे  बताइएकाे छ। याे साइकल सबै उमेर समूहका व्यक्तिहरूले प्रयाेग गर्न सक्ने छन्।
नायक सलमान खान ।

काठमाडाैं,फागुन ९- बलिउड अभिनेता सलमान खानले  र्इ-साइकल लन्च गर्ने भएका छन्। उनले अाफ्नाे कम्पनी  बिङ ह्युमनबाट र्इ-साइकल लन्च गर्न लागेका हुन्।

अाफू पनि गाडीभन्दा साइकल चलान रूचाउने उनले छिट्टै र्इ-साइकल लन्च गर्ने खबर बाहिर अाएकाे छ। यसका लागि उनले अाफ्नाे संस्थाका सदस्यहरूलार्इ जानकारी गराएका छन्।

ई-साइकलकाे नमूना तयार भइसकेकाे छ। उक्त साइकल पूर्णरूपमा अारामदायी अाधुनिक सिस्टमयुक्त भएकाे  बताइएकाे छ। याे साइकल सबै उमेर समूहका व्यक्तिहरूले प्रयाेग गर्न सक्ने छन्।

सन् २००७ मा स्थापित गैरनाफामुखी संस्था बिङ ह्युमनले विभिन्न समाजिक कार्यहरूमा सक्रियता देखाउँदै अाएकाे छ।

संस्थाले  शिक्षा र स्वास्थ्यकाे पहुँचमा नरहेका भारतीय नागरिकका लागि सहयाेग गर्दै अाएकाे छ। सलमान उक्त संस्थाका संस्थापक हुन्।


 

More form the Internet

loading...