Suvadin, Home
एउटा साइकलकाे मूल्य कत्ति हाेला? दश हजार, बिस हजार वा पचास हजारदेखि एक लाख रूपैयाँसम्म? तर, भारतमा एउटा साइकल साेह्र लाख रूपैयाँमा बिक्री भएको छ। भारतको चर्चित टेलिभिजन कार्यक्रममा साइकलकाे बिक्री साेह्र लाख रूपैयाँमा भएको हाे। सोनीबाट प्रसारण हुने हास्यटेली श्रृंखला 'द कपील शर्मा शाे'मा अन्तर्राष्ट्रिय सेलिब्रेटी ज्याकी च्यान र बलिउड अभिनेता सोनु सूद उक्त साइकल चडेर प्रवेश गरेका थिए।
ज्याकी च्यान र सोनु सूद।

काठमाडाैं, माघ १२


एउटा साइकलकाे मूल्य कत्ति हाेला? दश हजार, बिस हजार वा पचास हजारदेखि एक लाख रूपैयाँसम्म? तर, भारतमा एउटा साइकल साेह्र लाख रूपैयाँमा बिक्री भएको छ। भारतको चर्चित टेलिभिजन कार्यक्रममा साइकलकाे बिक्री साेह्र लाख रूपैयाँमा भएको हाे।

सोनीबाट प्रसारण हुने हास्यटेली श्रृंखला 'द कपील शर्मा शाे'मा अन्तर्राष्ट्रिय सेलिब्रेटी ज्याकी च्यान र बलिउड अभिनेता सोनु सूद उक्त साइकल चढेर प्रवेश गरेका थिए। टेलिभिजन कार्यक्रममा सञ्चालक कपिल शर्माले च्यारिटीका लागि साइकलको लिलाम गर्ने बताएका थिए।

टेलिभिजन कार्यक्रम हेर्न आएका शेख फाजिलले १० लाख भारतीय रूपैयाँमा साइकल किनेका छन्। उक्त रकम क्यान्सर बिरामीलाई प्रदान गरिने छ।

ज्याकी च्यान आफ्नो फिल्म 'कुङ फु योगा' प्रमोशन गर्न भारत आएका हुन्। उक्त फिल्ममा ज्याकी च्यानसँगै भारतीय कलाकार दिशा पटानी, सोनु सूद र अमायरा दस्तुर मुख्य भूमिकामा छन्।

स्टेन्ली टोद्वारा निर्देशित एक्सन कमेडी फिल्मको छायांकन भारत, दुबई र चीनकाे राजधानी बेइजिङमा भएको छ। यो फिल्म चीनमा २८ जनवरी र भारतमा तीन फेब्रुअरीमा रिलिज हुँदैछ। 


 

More form the Internet

loading...