Suvadin, Home
Citizen Bank 806.7k

Cover Image

बलिउड अभिनेत्री प्रियंका चोपडा अब हलिउडमा 

आनन्द शीलाको भूमिका भने प्रियंका स्वयंले निर्वाहा गर्नेछिन्। यो फिल्मको निर्देशन बैरी लेविनसनले गर्नेछन्। प्रियंकाले एलन डिजेनेरसको फेमस च्याट शो  एलन शो मा यस विषयमा बताइन्।

काठमाडौं,२० माघ-बलिउड अभिनेत्री प्रियंका चोपडाले अब हलिउड फिल्म बनाउने भएकी छन्। बलिउडमा निकै चर्चा कमाइसकेकी चोपडा हाल  हलिउडमा एक नयाँ प्रोजेक्टमा काम गरिरहेकी छन्।  अब उनी रजनीश ओशोकी सहयोगी माता आनन्द शीलामा आधारित भएर एक फिल्म बनाउँदैछिन्।

आनन्द शीलाको भूमिका भने प्रियंका स्वयंले निर्वाहा गर्नेछिन्। यो फिल्मको निर्देशन बैरी लेविनसनले गर्नेछन्। प्रियंकाले एलन डिजेनेरसको फेमस च्याट शो  एलन शो मा यस विषयमा बताइन्। अहिले उनी १४ फेव्रअरीमा रिलिज हुन लागेको नयाँ फिल्म इसन्ट इट रोमेन्टिक को प्रचारमा व्यस्त छिन्। 
 
माता आनन्द शीला, गुरू रजनीश ओशोको सहयोगी थिइन्। उनले ओरेगन, यूएस स्थित रजनीशपुरम आश्रम १९८१ देखि १९८५ सम्म सम्हालेकी थिइन् । १९८५ मा उनलाई हत्याको प्रयासको आरोपमा जेल सजाय सुनाइएको थियो । उनले ३९ महिना जेल जीवन विताइन्। 


 

More form the Internet

loading...