Suvadin, Home

सलमान खानसहित बलिउडका चर्चित कलाकार नेपाल अाउँदै, यस्ताे छ कार्यक्रम!

काठमाडौंको टुँडिखेलमा सलमान खानसहित बलिउड कलाकारको कन्सर्ट हुने भएको हाे। सांगीतिक कार्यक्रम ‘दबंग द टुर नेपाल’का लागि सन् २०१८ काे मार्च १० तारिखका दिन अभिनेता सलमान नेपाल आउने भएका हुन्।
सलमान खानसहितका कलाकार।

काठमाडौं, ५ पुस – बलिउड अभिनेता सलमान खान नेपाल आउने भएका छन्। काठमाडौंको टुँडिखेलमा सलमान खानसहित बलिउड कलाकारको कन्सर्ट हुने भएको हाे।

सांगीतिक कार्यक्रम ‘दबंग द टुर नेपाल’का लागि सन् २०१८ काे मार्च १० तारिखका दिन अभिनेता सलमान नेपाल आउने भएका हुन्।

विनाशकारी भूकम्प र नाकाबन्दीपछि नेपालको पर्यटन क्षेत्रमा परेको नकारात्मक प्रचारलाई कम गर्नका लागि उक्त कार्यक्रमकाे तयारी गरिएको आयोजक ओडिसी मिडियाले बताएको छ।

आयोजकका अनुसार कन्सर्टमा सलमान खानसहित बलिउड नायिका सोनाक्षी सिन्हा, कृति मेनन, कोरियोग्राफर तथा चर्चित अभिनेता प्रभु देवा, डेजी शाह, मिट ब्रदर, मनिष पालको प्रस्तुति रहने छ।

उक्त कन्सर्टमा करिब २५ हजार दर्शकले सहभागी हुने अनुमान ओडिसी मिडियाले गरेको छ। ओडिसी मिडियाले यसभन्दा अघि पनि ‘ब्रायन एडमस् लाइभ इन नेपाल’ तथा कैलाश खेरजस्ता चर्चित कलाकारको कार्यक्रम गरिसकेको छ।


 

More form the Internet

loading...