Suvadin, Home

“स्टेप अप” को पहिलो चरणको शीर्ष १० प्रतियोगीहरुको नामावली सार्वजनिक

डिजिटल पेमेन्ट सेवाप्रदायक संस्था डिजिपेको  प्रायोजनमा मात्रत्रेय इन्टरटेनमेन्टको आयोजना गरेको भर्चुअल नृत्य प्रतियोगिता “स्टेप अप” को पहिलो चरणको शीर्ष १० प्रतियोगीहरुको नामावली सार्वजनिक भएको छ ।

डिजिटल पेमेन्ट सेवाप्रदायक संस्था डिजिपेको  प्रायोजनमा मात्रत्रेय इन्टरटेनमेन्टको आयोजना गरेको भर्चुअल नृत्य प्रतियोगिता “स्टेप अप” को पहिलो चरणको शीर्ष १० प्रतियोगीहरुको नामावली सार्वजनिक भएको छ । प्रतियोगिताको निर्णायक मण्डलले प्रदान गरेको अंकलाई ६० प्रतिशत र सामाजिक सञ्जाल तथा डिजिटल भोटिङ्गबाट प्राप्त मतलाई ४० प्रतिशत मापदण्ड बनाई छनौट गरिएका शीर्ष १० प्रतियोगीहरुमा सुदेश लामा, इशा मगर,सरस्वती धिमाल, सुधा लामा, सुमित कर्माचार्य, प्राश्ना बज्राचार्य, प्रविन, रोचक तथा रचना बस्नेत, गर्डिस्मा मल्ल र तीसा स्थापित रहेका छन् ।  

पहिलो चरणको शीर्ष १० को घोषणासँगै प्रतियागिता दोश्रो चरणमा प्रवेश गरेको छ । दोश्रो चरणको प्रतियागिताबाट पनि शीर्ष १० को छनौट हुनेछ र वाइल्ड कार्डबाट थप दुई प्रतियोगीहरु छानिएसँगै “स्टेप अप” को ग्राण्ड फिनालेका लागि २२ प्रतियोगीहरुले प्रतिस्पर्धा गर्नेछन् । 

“स्टेप अप” भर्चुअल नृत्य  प्रतियोगिताका विजेतालाई नगद रु २५ हजारसँगै गिफ्ट भौचरहरु पनि पुरस्कार स्वरुप प्रदान गरिनेछ ।  
 


 

More form the Internet

loading...