Suvadin, Home

डेनी बोयलले छाडे जेम्स बोन्ड

बोन्ड फिल्म सिरिजको २५ औं श्रृखंलाबाट बोयलले 'रचनात्मक मतभिन्नता'का कारण फिल्म छाडेका हुन्। बोयलको बहिर्गमनसँगै फिल्मको पूर्वनिर्धारित सुटिङ तालिकामा परिवर्तन हुने-नहुनेमा भने फिल्म निर्माण स्टुडियो पाइनउडले केहि स्पष्ट पारेको छैन। यस अघि फिल्म डिसेम्बरबाट फ्लोरमा जाने बताइएको थियो। त्यस्तै अब बोयलको सट्टामा नयाँ निर्देशक को हुनेछ भन्नेबारेमा पनि निर्माण कम्पनिले केहि सार्वजनिक गरेको छैन। 

काठमाडाैं, ८ भदाै – अभिनेता ड्यानियल क्रेगको अभिनय रहने बोन्ड फिल्मको सिरिज फेरि अन्यौलमा परेको छ। मंगलबार यसअघि फिल्मका निर्देशकका रूपमा पेस गरिएका डेनी बोयल फिल्मबाट अलग भएको खबर निर्माण स्टुडियोले सार्वजनिक गरेपछि अन्यौलता छाएको हो।

बोन्ड फिल्म सिरिजको २५ औं श्रृखंलाबाट बोयलले 'रचनात्मक मतभिन्नता'का कारण फिल्म छाडेका हुन्। बोयलको बहिर्गमनसँगै फिल्मको पूर्वनिर्धारित सुटिङ तालिकामा परिवर्तन हुने-नहुनेमा भने फिल्म निर्माण स्टुडियो पाइनउडले केहि स्पष्ट पारेको छैन। यस अघि फिल्म डिसेम्बरबाट फ्लोरमा जाने बताइएको थियो।

त्यस्तै अब बोयलको सट्टामा नयाँ निर्देशक को हुनेछ भन्नेबारेमा पनि निर्माण कम्पनिले केहि सार्वजनिक गरेको छैन। 


 

More form the Internet

loading...