Suvadin, Home

दीपिका पादुकोण हलिउडकाे टीन च्वाइसमा

मोडलिङबाट आफ्नो फिल्मी  करिअर सुरु गरी  बलिउड हुँदै हलिउडसम्म  पुगेकी अभिनेत्री दीपिका पादुकोण हलिउडको एक अवार्डको मनोनयनमा पर्न सफल भएकी  छिन्।
टीन च्वाइस अवार्ड इन च्वाइस मुभी एक्ट्रेसमा मनाेनित दीपिका पादुकाेण।

काठमाडौं, असार ७- मोडलिङबाट आफ्नो फिल्मी  करिअर सुरु गरी  बलिउड हुँदै हलिउडसम्म  पुगेकी अभिनेत्री दीपिका पादुकोण हलिउडको एक अवार्डको मनोनयनमा पर्न सफल भएकी  छिन्।

अभिनेता भिन डिजेलसँग’एक्सएक्सएक्सः द रिटर्न अफ द ज्याण्डर केज’ बाट हलिउडमा डेब्यू गरेकी दिपीका’टीन च्वाइस अवार्ड इन च्वाइस मुभी एक्ट्रेस’ विधामा ‘नोमिनेसन’ मा परेकी हुन्।


उनीसँगै सोही फिल्मका नीना डोभरेव र रूबी रोज पनि मनोनयनमा परेका छन्। त्यस्तै ‘वन्डर वुमन’ बाट गल ग्याडोट, ‘फेट अफ द फ्यूरियस’ बाट मिसेल रोड्रिग्यूज र’पाइरेट्स अ दि क्यारेबियनः डेड म्यान टेल नो टेल्स’ बाट काया स्कोडेलारियो पनि  मनोनयनमा परेका छन्। उक्त अवार्डको ‘च्वाइस एक्सन मुभी एक्टर’ को मनोनयनमा ‘एक्सएक्सएक्सः द रिटर्न अफ द ज्याण्डर केज’ बाटै भिन डिजेल परेका छन्।
दीपिकाले ‘एक्सएक्सएक्स’ सिरीजको चौथो संस्करणमा पनि अभिनय गर्ने भएकी छन्। हाल उनी बलिउडमा सन्जय लीला भन्सालीको ‘पद्मावती’ को सुटिङमा व्यस्त छिन्।


 

More form the Internet

loading...