Suvadin, Home

ब्वाइफ्रेन्डका कारण बिग्रिएको दीपिका र अनुष्का शर्माबीचको सम्बन्ध विवाह पश्चात सुध्रियो

उनीहरूबीच पानी बाराबारको सम्बन्धको कारण भने अभिनेता रणवीर सिंह हुन्। एक समय अभिनेत्री अनुष्का शर्मा र अभिनेता रणवीर सिंहबीच प्रेम सम्बन्ध थियो। तर, अभिनेत्री दीपिका पादुकोण र रणवीर प्रेम सम्बन्धको खबरले यी दुर्इ अभिनेत्रीबीच सम्बन्ध खस्केको हो।

काठमाडाैं, १ जेठ – बलिउड अभिनेत्रीहरुको एक अापसमा मतभेद हुनु कुनै नाैलो कुरा होइन। उनीहरूमा विभिन्न कारणले गर्दा मतभेद चलिरहेको हुन्छ। कहिले उनिहरूमा ब्वार्इप्रेन्डका विषयले त कहिले पहिरनले गर्दा। त्यस्तै बलिउडका अभिनेत्री दीपिका पादुकोण र अनुष्का शर्माबीच केही समयअघि देखि बोलचाल नै बन्द भएको छ।

उनीहरूबीच पानी बाराबारको सम्बन्धको कारण भने अभिनेता रणवीर सिंह हुन्। एक समय अभिनेत्री अनुष्का शर्मा र अभिनेता रणवीर सिंहबीच प्रेम सम्बन्ध थियो। तर, अभिनेत्री दीपिका पादुकोण र रणवीर प्रेम सम्बन्धको खबरले यी दुर्इ अभिनेत्रीबीच सम्बन्ध खस्केको हो।

केही समयअघि करण जौहरको सो 'कफि विथ करण'मा अन्तरवार्ता दिने क्रममा अनुष्काले दीपिकासँग आफ्नो सम्बन्ध बिग्रिएको स्वीकारेकी थिइन्। तर, अहिले उनीहरुबीच सम्बन्ध सुधारको संकेत देखिएको छ।हालै दिपिकाले फ्रान्समा आयोजित कान्स फिल्म फेस्टिबलमा सहभागी जनाएकी थिइन्।

उनी उक्त फेस्टिबलको रेड कार्पेटमा गुलाबी रंगको आकर्षक पहिरनमा प्रस्तुत भएकी थिइन्। त्यसको फोटो उनले इन्टाग्राममा राखेकी थिइन्। उक्त फोटोमा अनुष्काले पनि कमेन्ट गरेकी छिन्। अनुष्काले उक्त तस्वीरमा दिपिकाको लुक्सको प्रशंसा गरेकी छिन्।

उक्त कमेन्टमा अनुष्काले लेखेकी थिइन्, ‘यू अार लुकिङ्ग स्टनिङ इिन् रेड कार्पेट।’ तत्कालै दीपिकाले 'थ्याङ्क यू' भन्दै कमेन्ट रिप्लाइ गरेकी थिइन्। दुई नायिकाबीचको यो संवादले उनीहरुका फ्यान अचम्भित भइरहेका छन्। सम्भवतः अनुष्काले विराट कोहलीसँग बिहे गरेपछि पुरानो रिसराग बिर्सिएको हुनुपर्छ।


 

More form the Internet

loading...