Suvadin, Home

जन्मदिनको खुसियाली अनाथ बालबालिकासँग साट्दै कलाकार भोजराज

जन्मदिनको अवसर परेर अनाथ बालबालिकालाई फलफूल वितरण गरेका छन्। सुदुरपश्चिममा चर्चामा रहेका उनले ‘खुसी छिनेर गइ’, ‘तिम्रो छोरो दुख पाउँदै छ’ ‘.. लगायतका गीतमा अभिनय गरेका छन्। यसको साथै उनले केही देउडा गीत तथा र्याप गीत समेत गाएका छन्।

महेन्द्रनगर, २८ मंसिर  – कलाकारिता क्षेत्रमा पछिल्लो समयका उदयमान कलाकार भोजराज जोशी ‘क्यालिटी’ ले आफ्नो २३औँ जन्मदिन मनाएका छन्। सुदुरपश्चिमका चर्चित देउडा गायक, र्यापर तथा मोडल भोजराज जोशीले कञ्चनपुरको भिमदत्त नगरपालिकाका बसपार्क नजिक रहेको समाज कल्याण बाल अनाथलयमा आफ्नो जन्मदिन मनाएका हुन्।

शुक्रबार जन्मदिनको अवसर परेर उनले अनाथ बालबालिकालाई फलफूल वितरण गरेका छन्। सुदुरपश्चिममा चर्चामा रहेका उनले ‘खुसी छिनेर गइ’, ‘तिम्रो छोरो दुख पाउँदै छ’ ‘.. लगायतका गीतमा अभिनय गरेका छन्। यसको साथै उनले केही देउडा गीत तथा र्याप गीत समेत गाएका छन्।

कलाकारिता क्षेत्रसंगै विभिन्न संघ संस्थामा आवद्ध रहेका उनी पब्लिक पावर समुहका केन्द्रिय अध्यक्ष पनि हुन्। जन्मदिन भन्दै अनावश्यक पैसा खर्च गर्नु उचित नभएको औल्याउदै भोज भतेर तथा तडक भडक गर्नु भन्दा त्यो रकमले समाज सेवा गर्दा असाहयहरुको भलाइ हुने उनको भनाइ छ। 

यसरी जन्मदिन मनाउँदा अनाथ बालबालिकालाई समेत सहयोग पुग्ने भएकोले अनाथलयमै आफ्नो जन्मदिन मनाएको उनले बताए।


 

More form the Internet

loading...