Suvadin, Home

११औं  एनिभर्सरी मनाउँदै धुर्मुस-सुन्तली

चर्चित हास्य कलाकार तथा सामाजिक अभियन्ता धुर्मुस सुन्तलीले आज विवाहको ११औं एनिभर्सरी मनाइरहेका छन् । हास्यकलाकार सिताराम कट्टेल धुर्मुस र कुन्जना घिमिरे सुन्तलीलाई बिहानैबाट एनिभर्सरीको शुभकामना आइरहेको छ । 

काठमाडौं । चर्चित हास्य कलाकार तथा सामाजिक अभियन्ता धुर्मुस सुन्तलीले आज विवाहको ११औं एनिभर्सरी मनाइरहेका छन् । हास्यकलाकार सिताराम कट्टेल धुर्मुस र कुन्जना घिमिरे सुन्तलीलाई बिहानैबाट एनिभर्सरीको शुभकामना आइरहेको छ । 

आज आफूहरुको विवाह भएको ११ बर्ष पुगेको दिन हास्यकलाकार सिताराम कट्टेल धुर्मुसले आफ्नो फेसबुकमा एक स्टाटस लेखेका छन् ।

उनले आज आफूहरुको एनिभर्सरी रहेको जानकारी गराउदै लेखेका छन्, 'तिम्रो साथ, माया र पियार । परेको छैन व्यहोर्न हार । मायाले जोडेको हाम्रो मन । सेवामा समर्पित दुवै ज्यान। मेरो ज्ञानको हौ तिमी मुहान । गर्छौ प्रोत्साहान, दिएर आफ्ना सपनाको बलिदान । त्यसैले छौ तिमी मेरो लागि महान । यसैगरी बिताउन पाउँ सिंगो जीवन ।  Happy Anniversary To Us ???????? love u dear'


 

More form the Internet

loading...