Suvadin, Home

Cover Image

गौतम बुद्ध रंगशालाका लागि जिग्री-पाँडेद्वारा आर्थिक सहयोग

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियानका लागि हास्य कलाकार कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाँडे)ले धुर्मुस-सुन्तली फाउन्डेसनलाई आर्थिक सहयोग गरेका छन् । 

काठमाडौं । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियानका लागि हास्य कलाकार कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाँडे)ले धुर्मुस-सुन्तली फाउन्डेसनलाई आर्थिक सहयोग गरेका छन् । 

जिग्री-पाँडेले एपी वान टेलिभिजनबाट प्रसारण भएको 'को बन्छ करोडपति' मा जितेको ८० हजार रुपैयाँ धुर्मुस-सुन्तली फाउन्डेसनलाई सहयोग गरेका हुन् । 

पाँडेले सामाजिक सञ्जालमा स्टाटस लेख्दै रंगशाला निर्माणका लागि आर्थिक सहयोग गरेको बताएका हुन् । उनले लेखेका छन्, 'जनस्तरबाट निर्माण भईरहेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानका लागी हामी कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाँडे) ले ए•पि•वान•टेलिभिजनबाट प्रशारण भएको को बन्छ करोडपतिको पहिलो सिजनमा खेल खेली जितेको ८० हजार रुपैंया सहयोग धुर्मुस सुन्तली फाउण्डेशनलाई प्रदान गरेका छौं,राष्ट्र निर्माण, तपाईं हाम्रो अभियान ।'


 

More form the Internet

loading...