Suvadin, Home

धुर्मुस–सुन्तलीलाई उत्कृष्ट नागरिक सम्मान

वीरता जेसीजले सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लाई २०७३ को उत्कृष्ट नागरिक सम्मान प्रदान गर्ने भएको छ। उनीहरुको अभियानलाई सघाउन रकम संकलन थालिएको छ। झापा, गौरादह घर भई कलाकारिता क्षेत्रमा ख्याती प्राप्त गर्नुका साथै भूकम्पपीडितको घर निर्माण अभियानमा योगदान गरेबापत धुर्मुस– सुन्तलीलाई सम्मान गर्न लागिएको हो।
सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)।

बिर्तामोड, चैत २० – वीरता जेसीजले सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लाई २०७३ को उत्कृष्ट नागरिक सम्मान प्रदान गर्ने भएको छ। उनीहरुको अभियानलाई सघाउन रकम संकलन थालिएको छ। 

झापा, गौरादह घर भई कलाकारिता क्षेत्रमा ख्याती प्राप्त गर्नुका साथै भूकम्पपीडितको घर निर्माण अभियानमा योगदान गरेबापत धुर्मुस– सुन्तलीलाई सम्मान गर्न लागिएको हो।

अगामी वैशाख ३ गते विर्तामोडमा विशेष कार्यक्रमकाबीच दुवैजनालाई नागरिक सम्मानका साथै नगद १० लाख प्रदान गर्न लागिएको समारोह समितिका संयोजक विनोद बस्नेतले जानकारी दिएका छन्।

वीरता जेसीजको अगुवाइमा बर्षेनी एक झापाली नागरिकलाई उत्कृष्ट घोषित गर्दै सम्मान गर्दै आएको सो संस्थाका अध्यक्ष सञ्जु भारतीले बताए। सन् १९८१ मा स्थापित वीरता जेसीजले २०५२ बाट उत्कृष्ट नागरिक सम्मानको परम्परा सुरु गरेको हो।

‘समाज परिवर्तनका लागि विशेष योगदान पुर्याउने व्यक्तिको छनोट गरी सम्मान गर्दै आएका छौं,’ वीरता जेसीजका अध्यक्ष भारतीले भने।


 

More form the Internet

loading...