Suvadin, Home

Cover Image

समाज जाेड्ने धुर्मुस र सुन्तलीकाे अभियान

पछिल्लाे समय नेपालमा सामाजिक सद्भाव खल्बल्याउनमा राजनीतिक दल तथा तिनका नेताहरू मुख्य जिम्मेवार छन्। विभिन्न जात, भाषा, धर्म अादिका नाममा गरिने राजनीतिले नेपाली सामाजकाे सामाजिक सदभाव विथाेलिरहेका बेला हास्य कलाकार दम्पती धुर्मुस-सुन्तली अर्थात् सीताराम कट्टेल र कुञ्जना घिमिरे चाहिँ राष्ट्रिय एकताकाे नारासहित तरार्इ दाैडाहामा छन्।
सीताराम कट्टेल र कुञ्जना घिमिरे । तस्विरः रासस

पर्सा, फागुन ९ - पछिल्लाे समय नेपालमा सामाजिक सद्भाव खल्बल्याउनमा राजनीतिक दल तथा तिनका नेताहरू मुख्य जिम्मेवार छन्। विभिन्न जात, भाषा, धर्म अादिका नाममा गरिने राजनीतिले नेपाली सामाजकाे सामाजिक सदभाव विथाेलिरहेका बेला हास्य कलाकार दम्पती धुर्मुस-सुन्तली अर्थात् सीताराम कट्टेल र कुञ्जना घिमिरे चाहिँ राष्ट्रिय एकताकाे नारासहित तरार्इ दाैडाहामा छन्।

'राष्ट्रिय एकता मजबुत र सौहार्द बनाउने अभियानसहित हामी तराइका विभिन्न जिल्लाकाे भम्रणमा निस्किँदै छाैं,' विरगञ्जमा अायाेजित पत्रकार सम्मेलनमा धुर्मुसले भने, 'राष्ट्र निर्माण हाम्रो अभियान भन्ने नाराका साथ हामी तराईमा व्याप्त अशिक्षा, बालविवाह, असमानताविरुद्धको चेतनामूलक कार्यक्रम गर्नेछाैं।'

'विनाशकारी भूकम्पले पिरोलिएका हिमाली, पहाडी र तराईवासीले एकापसमा सहयोग गरी देखाएको सौहार्दता पछिल्लो समयमा नेताहरुको बोली र व्यवहारले कमजोर बनाएकाे छ,' उनले भने साेही कमजाेर एकतालार्इ मजबुद बनाउँन हामीले पहल थालेका हाैं।'

धुर्मुस सुन्तली जाेडीले हाल महोत्तरीको बर्दिबासमा बालमैत्री एकीकृत बस्ती निर्माण कार्य जारी राखेका छन्। अहिलेसम्म सो बस्तीको काम ५० प्रतिशत पूरा भएको सुन्तलीले बताइन्। उनले तराइका थुप्रै ठाउँमा बालविवाह, दाइजो प्रथाजस्ता विकृति रहेकाले त्यसलाइ निराकरण गर्न अाफ्नाे अभियानले भुमिका खेल्ने बताइन्।


 

More form the Internet

loading...