Suvadin, Home

रिसको झोकमा लेखिएको गीत

मुलुकको राजनैतिक अस्थिरता र द्धन्द्धले युवाहरुको विदेश पलायन हुने क्रम तीब्र थियो। म पनि विदेश लागे। त्यहाँको माहौल गरे। काम गर्ने गति हेरे। राजनैतिक स्थिरता देखे। नेताहरुको नैतिकता र जवाफदेहिता साच्चकै मन लोभ्याउने खालको थियो। व्यक्तिगत स्वार्थमा लाग्ने कोही थिएन्, सभ्य राजनैतिक संस्कार थियो। सवैको केन्द्र देश विकास हुनुपर्छ भन्ने हुन्थ्यो। अध्ययन सकेर नेपाल फर्कदा माहौल उस्तै थियो। अस्थिरता मात्रै, नेताहरुको भाषण मात्रै। नैतिकता नै हराएकोे जस्तो। जनताप्रति जवाफदेही नै नभएको जस्तो। व्याप्त भष्ट्रचारले मुलुकलाई खोक्रो बनाईरहेको। राजनैतिक आडमा नेताहरुल नै भष्ट्रचारलाई प्रसय दिइरहेका। मनमा विरक्त लाग्यो र झोक उठ्यो। गीतार उठाए र सुरु गरे ‘मलाई भोट देउ...’। दश मिनेटमै गीत सकियो। 

गिरिश खतिवडा - सन् २००२ सालतिर गीत लेख्दा म २२ बर्षको थिए। देशमा द्धन्द्ध चलिरहेको थियो। निषेधित एरिया तोकिएको थियो। छिनभरमै कर्फयु लाग्थ्यो। हामी विभिन्न ठाउँमा कन्र्सट गर्न जान्थ्यौ। कन्र्सटमा पनि धेरै भिड गर्न पाईदैन् थियो। 

मुलुकको राजनैतिक अस्थिरता र द्धन्द्धले युवाहरुको विदेश पलायन हुने क्रम तीब्र थियो। म पनि विदेश लागे। त्यहाँको माहौल गरे। काम गर्ने गति हेरे। राजनैतिक स्थिरता देखे। नेताहरुको नैतिकता र जवाफदेहिता साच्चकै मन लोभ्याउने खालको थियो। व्यक्तिगत स्वार्थमा लाग्ने कोही थिएन्, सभ्य राजनैतिक संस्कार थियो। सवैको केन्द्र देश विकास हुनुपर्छ भन्ने हुन्थ्यो। 

अध्ययन सकेर नेपाल फर्कदा माहौल उस्तै थियो। अस्थिरता मात्रै, नेताहरुको भाषण मात्रै। नैतिकता नै हराएकोे जस्तो। जनताप्रति जवाफदेही नै नभएको जस्तो। व्याप्त भष्ट्रचारले मुलुकलाई खोक्रो बनाईरहेको। राजनैतिक आडमा नेताहरुल नै भष्ट्रचारलाई प्रसय दिइरहेका। मनमा विरक्त लाग्यो र झोक उठ्यो। गीतार उठाए र सुरु गरे ‘मलाई भोट देउ...’। दश मिनेटमै गीत सकियो। 

त्यसपछि युवाहरुले भन्न थाले ‘म नेपाली....’

भुकम्पले दुखेका मनलार्इ नचाउन रचिएकाे गीत

रेडियाे नेपालमा ‘रिजेक्ट’ भएकाे राइझुमा...

गीत बजारमा आएको चौध बर्ष भैसक्यो। तर अहिले पनि उत्तिकै सान्र्दभिक लाग्छ। स्थानिय चुनाव लागेको छ। नेताहरु भोट माग्न गाउगाउ पुगेका छन्। विभिन्न आश्वासनहरु बाडेका छन्। तर, जितेर जादा ति आश्वासन पुरा गर्ने नाम उनीहरु लिदैंनन्। उनीहरुमा जनताप्रति हुनुपर्ने जिम्मेवारी, जवाफदेहिता नै पाईदैन्। 

मुलुकमा सम्बिधान आईसकेर मुलुक संघियतामा गईसकेपछि स्थिरता आउला, देश विकास तर्फअघि बढ्ला भन्ने सपना कहिले पुरा हुने हो केही सम्भावना देखिदैंन्। जनताका आधारभुत आवश्यकताहरु पनि पुरा भएका छैनन्। धारामा पानी छैन्। सडक धुलम्मे छ। गुणस्तरिय शिक्षा, स्वस्थ्यको उत्तिकै खाचो छ। 

तर, जनताले कर त बर्षेनी तिरेकै छन्। कर बढेको बढै हुन्छ। नागरिकहरु चुपचाप तिर्छन पनि। खै त कहाँ गयो जनताले तिर्ने कर। सवै पैसामा भष्ट्रचार भएको छ। सवै क्षेत्रमा भष्ट्रचार छ।  

विदेशी नागरिकहरु नेपाली भन्दा कम काम गर्छन्। तर, उनीहरुको देश समृद्ध छ किनकी उनीहरुको नेतृत्व ईमान्दार छ। देश र जनतालाई हितमा राखि काम गर्छन्। तर, खै हाम्रोमा त्यसो हुने दिन कहिले आउँला।

हरेक नागरिकले आफुले तिरेको कर कहाँ कसरी खर्च भईरहेको छ भन्ने जानकारी पाउँनुपर्छ। चाहेमा जानकारी दिन गाह्रो पनि छैन्। कम्प्युटरराईज् गरिदियो भने देशको ढुकुटी पारदर्शी बनाउँन सकिन्छ तर नेताहरु पारदर्शी छैनन्। चुनावका वेला गरेका विभिन्न बाचाहरु पुरा नगर्ने नेताहरुलाई लक्षित गरेर रिसको झोकमा यो गीत तयार पारिएको हो।   


डिजे गरिशका गीतहरू सुन्न उनकाे युटुयुव च्यानल सब्सक्राइब गर्नुहाेला।


 

More form the Internet

loading...