Suvadin, Home

केशबराज गिरीको डोटेली डिजे गीत सार्वजनिक (भिडियो)

उनले मायाको छल्को, परदेश बस्नु भयो मुखी, पुर्व लभ पर्यो लगायतका दर्जनौँ देउडा तथा दोहरीमा गीतमा शब्द संकलन तथा लय दिएका छन्।

महेन्द्रनगर, ७ पुस – सुदुरपश्चिका उदयमान गायक केशबराज गिरीको नयाँ डोटेली डिजे गीत सार्वजनिक भएको छ। लोक दोहरी र देउडा गायक साथै प्रख्यात संगितकारका रुपमा चिनिएका गिरीको यो पहिलो डोटेली डिजे गीत हो। 

गिरीको ‘मायालु मेरी मायालु, तेरो दिल भित्र बस्या मुई तलाई मायाको डोरीले कस्या मुई’ नामक डोटेली डिजे गीत सार्वजनिक भएको हो। यस गीतमा लय तथा संकलन र स्वर गिरीकै छ। उनको शब्द सिर्जना तथा स्वर रहेको 'तिमी खुसी हुनु' लोक दोहरी गीतले निकै चर्चा पाएको छ। गायक गिरीले पछिल्लो समयमा डिजे गीतहरु युवाको रोजाईमा पर्ने गरेकाले यस्तो गीतको रचना गरेको बताए। उनले सुदूरपश्चिममा प्रचलित भाषा डोटिलामा निर्माण गरिएको डिजे गीत स्रोताले रूचाउने अपेक्षा गरेका छन्। 

उनले मायाको छल्को, परदेश बस्नु भयो मुखी, पुर्व लभ पर्यो लगायतका दर्जनौँ देउडा तथा दोहरीमा गीतमा शब्द संकलन तथा लय दिएका छन्। सानैदेखि गायन क्षेत्रमा रुचि र लगाव भएका गायक गिरीले दर्जनौँ गीत तयार पारेका छन्। दार्चुलाको लेकम गाउँपालिका ४ ओडीगाँउमा जन्मिएका गिरीले कतिपय गीत आर्थिक समस्याका कारण रेर्कडिङ् गर्न नसकेको बताए।

उनको हालै रिलिज भएको गीतले राम्रो प्रतिकृया पाइरहेको छ। गीतले राम्रो प्रतिकृया प्राप्त गरिरहँदा त्यसबाट आफु निकै उत्साहित भएको गायक गिरीको भनाइ छ। उनले भने, ‘स्रोता भनेकै हाम्रो उत्पेरणका स्रोत हुनु सबैबाट राम्रो प्रतिक्रिया र माया पाएको छु यसले मलाई गायन क्षेत्रमा लाग्न थप उर्जा मिलेको छ।’ 

कला र गलाको माध्यमबाट नेपाली गीत संगितसँगै सुदूरपश्चिमको कला संस्कृतिलाई पनि उचाई पुर्याउन आफ्नो प्रयासरत रहेको उनले बताए।

 


 

More form the Internet

loading...