Suvadin, Home
Nepal Telecom 927.3k

रसियन पारामा अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पकाे व्यङ्ग्यात्मक चित्रण

अमेरिकी लेखक,अभिनेता तथा हास्य कलाकार एलेक बल्ड्विनले अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पकाे  व्यङ्ग्यात्मक चित्रण गर्दै दर्शक हसाँएका छन्। उनकाे कार्यक्रम 'स्याटर्डे नाइट लाइभ'मा उनले अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पकाे  चित्रण गरेका हुन्। उनले कार्यक्रमकाे ब्रेकमा पनि राकष्ट्रपतिलार्इ व्यङ्ग्य हान्न भ्याए।
ट्रम्पको भेषमा एलेक बल्ड्विन।

काठमाडाैं,पुस २५


अमेरिकी लेखक,अभिनेता तथा हास्य कलाकार एलेक बल्ड्विनले अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पकाे  व्यङ्ग्यात्मक चित्रण गर्दै दर्शक हसाँएका छन्। उनकाे कार्यक्रम 'स्याटर्डे नाइट लाइभ'मा उनले अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पकाे  चित्रण गरेका हुन्। उनले कार्यक्रमकाे ब्रेकमा पनि राकष्ट्रपतिलार्इ व्यङ्ग्य हान्न भ्याए।

एलेक बल्ड्विनकाे समाजिक सञ्जाल इन्सटाग्राममा उनि राताे टाेपी लगाएर ट्रम्पकाे स्लाेगन 'मेक अमेरिका ग्रेट अगेन' लेखिएकाे तस्बिर अपलाेड गरेका छन् तर याे वाक्य रसियन अक्षरमा लेखिएकाे छ।

एक अमेरिकी बुद्धिजीविका रिपोर्ट अनुसार राष्ट्रपति चुनाव अभियानकाे समयमा अभियान ह्याकिङका पछि रसियाकाे संलग्नता छ। तर, ट्रम्पले उच्चस्तरिय अमेरिकि बुद्धिजीविसँग कुरा गर्दै   रसियाकाे संलग्नता नरहेकाे बताए। तर, उनकाे अनुवाद सटिक नभएकाे बताउँछन् रसियन विशेषज्ञ। 

पूर्व सिएनएन ब्यूरो प्रमुख साथै सिएनएन योगदानकर्ता जील डाेर्अटी भन्छन्,‘रसियनले यसरी लेख्दैनन् र बाेल्दैनन् र  बल्ड्विनले वाक्य गुगलबाट ट्रान्सलेट गरेकाेमा उनि अच्म्मित छैनन्।’

उनी भन्छन्, ‘हामीले गुगलबाट ट्रान्सलेट गर्याैं र गुगल ट्रान्सलेशन भएकाे वाक्यसँग मिल्छ।’    

फिल्म थर्टिरकका स्टार  एलेक बल्ड्विन राष्ट्रपति डाेनाल्ड ट्रम्पकाे समर्थक नभएकाे कुराहरू अाइराख्छ।

ट्रम्प अाफैंले अक्टाेबरम बल्ड्विनकाे चित्रण नराम्राे र अब बल्ड्विनकाे अल्छीलाग्दाे साेले अवकाश लिने समय अाएकाे ट्वीट गरेका छन्।


 

More form the Internet

loading...