Suvadin, Home

Cover Image

शहरको सकस ‘सकेको तिरौंला नत्र फिरिमा’

काठमाडौंको अनामनगरस्थित मण्डला थिएटर अहिले एउटा डिपार्टमेन्ट स्टोरको शैलीमा सजाइएको छ। थिएटरभित्र प्रवेश गर्ना साथ अन्य नाटकको मञ्चभन्दा फरक लाग्ने दृष्य देखिन्छ। त्यहाँ एउटा घर छ। डिपार्टमेन्ट स्टोर छ। घरदेखि डिपार्टमेन्ट स्टोरसम्मको कथा हो –सकेको तिरौंला नत्र फिरिमा। जे–जे घटना हुन्छन्, सबै घरदेखि डिपार्टमेन्ट स्टोरसम्म नै हुन्छन्। तर, यसको सन्देश चाहिँ त्यतिमा मात्रै सीमित छैन। अार्थिक परिवेशसँगै राजनीति र सामाजिक यथार्थलाई पनि नाटकले ज्यादै सरल ढंगले उठान गरेको छ।
‘सकेको तिरौंला नत्र फिरिमा’ नाटकको एक दृश्यमा कलाकारहरू।

अनुजा अधिकारी, काठमाडौं, २ भदौ – शहरको परिवेश। महँगीको मार। श्रीमानको ट्याक्सी ड्राइभरको जागिर। श्रीमती बेरोजगार। ‘सकेको तिरौंला नत्र फिरिमा’ नाटकमा छन् यस्तै छन् दुई परिवार।

काठमाडौंको अनामनगरस्थित मण्डला थिएटर अहिले एउटा डिपार्टमेन्ट स्टोरको शैलीमा सजाइएको छ। थिएटरभित्र प्रवेश गर्ना साथ अन्य नाटकको मञ्चभन्दा फरक लाग्ने दृष्य देखिन्छ। त्यहाँ एउटा घर छ। डिपार्टमेन्ट स्टोर छ। घरदेखि डिपार्टमेन्ट स्टोरसम्मको कथा हो –सकेको तिरौंला नत्र फिरिमा।जे–जे घटना हुन्छन्, सबै घरदेखि डिपार्टमेन्ट स्टोरसम्म नै हुन्छन्।

तर, यसको सन्देश चाहिँ त्यतिमा मात्रै सीमित छैन। अार्थिक परिवेशसँगै राजनीति र सामाजिक यथार्थलाई पनि नाटकले ज्यादै सरल ढंगले उठान गरेको छ।

शहरको सकस रंगमञ्चमा

‘सकेको तिरौंला नत्र फिरिमा’ नाटकमा सामान्य कथावस्तु छ। तर, सामान्य हुँदा–हुँदै पनि सबै पक्षको सही संयोजनले नाटक दमदार भएको छ। काम गर्ने क्रममा केही कमजोरी हुन्छन्। यो नाटकमा पनि सुधार्न सकिने केही कमजोरी पक्कै छन्।

नाटकको मध्यभागमा डाइलग बोलेमात्रै हँसाउन सकिन्छ भन्ने अभिप्राय पनि देखिन्छ। यसलाई करेक्सन गर्दा अझ राम्रो हुने थियो। तर, नाटकको सकारात्मक पक्ष र सन्देशले त्यसलाई सहजै छोपिदिएको छ।

कथामा युवा दम्पत्ति अनुपम र सरिता तथा विजय र प्रमिला छन्। उनीहरु छिमेकी हुन्। सामान्य आम्दानी गर्ने यी छिमेकीका समस्या उस्तैखाले छन्। कथाको शुरुवात सरिताको घरबाट हुन्छ। उनी घर फर्कंदै गर्दा महँगा सामानहरू झोलाभरि लिएर आउँछिन्। अलि चञ्चले भूमिकामा देखिएकी प्रमिलाले सरितालाई उपलब्ध सामानका विषयमा प्रश्न गर्छिन्। र, बहाना बनाउन माहिर सरिताले अपत्यारिला–अपत्यारिला घटनाको वर्णन गर्छिन्। 

तर, सरिताको घटना विवरणबाट प्रमिलाले नपत्याएको देखेर सबै घटना बेलिविस्तार लगाउँछिन्। शहरमा रहेको प्रदर्शन, सुपरमार्केटका रहेका सामान चोरी, चोरिएका सामानको खोजीमा जुटेका प्रहरी, ती सामान लुकाउन गरिएको प्रयास तथा त्यसपछि निम्तिएको परिणामलाई नाटकमा रोचक र घोचक ढंगले प्रस्तुत गरिएको छ।

१८अाैं शताब्दीमा फ्रान्सको राजधानी पेरिसबाट शुरू भएको डिपार्टमेन्ट स्टोरको कल्चरलार्इ नाटकमार्फत प्रस्तुत गर्दा अहिलेको नेपाली समाजको झझल्को दिन्छ। शहरमा औसत आम्दानी भएका व्यक्तिहरुको कथा हो –सकेको तिरौला नत्र फिरिमा।

साथै सरकारी निकायको रबैया र समाजले भोग्न समस्यालाई व्यंग्य प्रहार गर्न नाटक सफल भएको छ। यो पनि जानकारी गराअाैं कि, सकेको तिराैंला नत्र फिरिमा नाटक भदाैं १० गतेसम्म मण्डला थिएटरमा मञ्चन हुनेछ।

कलाकारहरुको अभिनय पक्ष

नाटककार डारियो फोको ‘सकेको तिरौंला नत्र फिरिमा’लाई नेपालीमा अनुवाद र निर्देशन विकास जोशीले गरेका छन्। जोशीको सशक्त निर्देशनमा कलाकारहरु सरिता गिरी, अनुपम शर्मा, विजय बराल, प्रमिला खनाल र उमेश तामाङको अभिनय जीवन्त छ। अझ भनौं, पाँचै जना कलाकारहरुले आफ्नो भूमिकालाई अमर बनाएका छन्, न्याय प्रदान गरेका छन्।
 
नाटकलाई नेपथ्यबाट सहयोग गर्नेहरुको सूची यस प्रकार छः

मञ्च परिकल्पनाः विकास श्रेष्ठ

मञ्च निर्माणः विकास श्रेष्ठ, रामशरण रेग्मी, शिव परियार, विकास पन्त, अमुल श्रेष्ठ, गणेश पौडेल

मञ्च सामग्रीः विकास पन्त

प्रकाश परिकल्पनाः उमेश तामाङ

प्रकाश परिचालनः रञ्जना ओली

ध्वनी संयोजक र परिचालनः अमुल श्रेष्ठ

फोटो र भिडियोः विजय ताम्राकार

पोस्टर र ब्रोसरः विकास जोशी र सन्दीप श्रेष्ठ

मञ्च व्यवस्थापनः उमेश तामाङ

टिकट तथा सूचनाः सपनाकुमारी चौधरी

नाटकघर व्यवस्थापनः नविना अर्याल

निर्देशन सहयोगः सन्दीप श्रेष्ठ

नाटककारः डारियो फो

अनुवाद र निर्देशनः विकास जोशी


 

More form the Internet

loading...