Suvadin, Home

माफि मागेपछि गायक दुर्गेश थापा रिहा

मोडल तथा गायक दुर्गेश थापा रिहा भएका छन् । युट्युबबाट गीत हटाएसँगै प्रहरीले थापालाई रिहा गरेको हो । 

काठमाण्डौ । मोडल तथा गायक दुर्गेश थापा रिहा भएका छन् । युट्युबबाट गीत हटाएसँगै प्रहरीले थापालाई रिहा गरेको हो । 

तिहारको देउसी भैलो गीतमा थापाले समाजलाई भड्किलो बनाउने खालका शब्द राखेको भन्दै उनीविरुद्ध उजुरी परेको थियो । 

जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको र प्रशासन कार्यालयले महानगरीय अपराध अनुसन्धान महाशाखालाई पत्राचार गरेपछि बालाजुबाट प्रहरीले थापालाई पक्राउ गरेको थियो । 

महाशाखामा थापाले आफूले निकालेको गीतमा अञ्जानबस नशालु पदार्थ गाँजा खान प्रोत्साहन गर्ने शब्द परेको भन्दै माफि मागेका थिए । उनले आगामी दिनमा पनि समाजमा असर पर्ने खालका गीत नबनाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

थापाले युट्युबबाट गीत हटाएपछि उनलाई रिहा गरिएको प्रहरीले जनाएको छ ।


 

More form the Internet

loading...