Suvadin, Home

डिजीपे लकडाउन्स् गट ट्यालेन्टको अन्तिम भोटिङ्ग समय आज ३ बजेसम्म

बहुविधालाई लक्षित गरी सञ्चालित डिजीपे लकडाउन्स् गट ट्यालेन्ट (एलजीटी) प्रतियोगिताको आयोजकले भोटिङ्गको अन्तिम समय घोषणा गर्दै हालसम्म प्राप्त सकारात्मक प्रतिक्रियाबाट आफूहरु अत्यन्तै उत्साहित भएको जनाएको छ । 

आयोजक स्टेट एटकी मिडियाकी कार्यकारी अध्यक्ष शालिनी नेपालले डिजीपेको एप, विभिन्न सामाजिक सञ्लालमार्फत प्राप्त लाइकका साथै युट्युव भ्यूजलाई मध्यनजर गर्दै शीर्ष ४८ प्रतियोगीहरुबाट विजेता घोषणा गरिने जानकारी दिनुभयो । भोटिङ्गको अन्तिम समय आज दिउँसो (श्रावण ११) ३ बजेसम्म रहेको र भोलि श्रावण १२ गते मिस एलजीटी र मिस्टर एलजीटी घोषणा गरिने उहाँले बताउनुभयो । 

मुख्य प्रायोजक डिजीपेका प्रमुख दिवाकार पाण्डेले प्रतियोगिताको सफलताका लागि सहयोग गर्नुहुने सम्पूर्ण प्रायोजक तथा सहयोगीहरु प्रति कृतज्ञता व्यक्त गर्दै सबै शीर्ष ४८ प्रतियोगीहरुलाई आफ्नो हार्दिक शुभकामना रहेको बताउनुभयो । 


 

More form the Internet

loading...