Suvadin, Home

भर्चुअल नृत्य प्रतियोगिता “स्टेप अप” को घोषणा

डिजिपे लकडाउन्स् गट ट्यालेन्ट प्रतियोगिता सफलतापूर्वक उत्तरार्धमा पुगेसँगै डिजिटल पेमेन्ट सेवाप्रदायक संस्था डिजिपेले आफ्नो मुख्य प्रायोजनमा “स्टेप अप” नामक एक पृथक भर्चुअल नृत्य प्रतियोगिता घोषणा गरेको छ । मात्रत्रेय इन्टरटेनमेन्टको आयोजना रहने सो प्रतियोगिता डिजिटल माध्यबाट सम्पन्न हुनेछ । 

प्रतियोगिताको दर्ता चरण शुरु भइसकेको बताउँदै मात्रत्रेय इन्टरटेनमेन्टकी प्रबन्ध निर्देशक प्रकृति श्रेष्ठले सबै उमेर, लिंग तथा वर्गका व्यक्तिले प्रतियोगितामा भाग लिन सक्ने र सहभागिताका लागि आफ्नो नृत्य–भिडियो matratraya@gmail.com पठाउनुपर्ने जानकारी दिनुभयो । 

डिजिपेका प्रमुख दिवाकर पाण्डेले कोभिड–१९ को महामारीकाबीच पनि सिर्जनशील कार्यहरु गर्न सकिन्छ र सृजनशीलतालाई महामारीसँग लड्ने उर्जाका रुपमा समेत प्रयोग गर्न सकिन्छ भन्ने सोच राख्दै “Dance Away The Pandemic भन्ने मूल नाराका साथमा प्रतियोगिता घोषणा गरिएको बताउनुभयो । कुनै पनि निर्णायक मण्डल नरहेको यस प्रतियोगिताको पृथक विशेषता भनेकै जनताबाट विभिन्न सामाजिक सञ्जाल तथा डिजिपेको एप मार्फत प्राप्त भोटिङ्गले नै विजेताको निर्धारण गर्ने रहेको समेत जानकारी दिंनुभयो । 

 “स्टेप अप” भर्चुअल नृत्य  प्रतियोगिताका विजेताले नगद रु २५ हजारसँगै गिफ्ट भौचरहरु पनि पुरस्कार स्वरुप प्राप्त गर्ने आयोजकले जनाएको छ । 

More form the Internet

loading...