Suvadin, Home
Nepal life 2.241M

बलिउडको महंगो फिल्म '२.0' को टिजर सार्वजनीक (भिडियो)

शंकर निर्देशित यस फिल्ममा साउथ इन्डियन फिल्मका सुपरस्टार रजनीकान्त र अक्षय कुमारको मूख्य भूमिका रहेको छ। फिल्म २०१० मा रिलिज भएको 'रोबर्ट' फिल्मको सिक्वल हो।

काठमाडाैं, २८ भदाै – बलिउडको सर्वाधिक महंगो मानिएको फिल्म '२.0' को टिजर रिलिज भएको छ। शंकर निर्देशित यस फिल्ममा साउथ इन्डियन फिल्मका सुपरस्टार रजनीकान्त र अक्षय कुमारको मूख्य भूमिका रहेको छ। फिल्म २०१० मा रिलिज भएको 'रोबर्ट' फिल्मको सिक्वल हो।

फिल्ममा रज्नीकान्त चिट्टीको भूमिका देखिने छन् भने अक्षय कुमारले डा. रिचनर्डको भूमिका निर्वाह गर्नेछन्। करिब ५४३ करोड भारूमा निर्माण भएको फिल्मले भारतिय वक्सअफिसमा कीर्तिमानी कमाइ गर्ने अनुमान गरिएको छ। फिल्म २ वर्ष अगाडि देखिनै निर्माण शुरू गरिएको थियो।

फिल्मको टिजरलाई दुई घण्टाको अविधिमा झण्डै ४ लाख ८५ हजार पटक हेरिएको छ। फिल्मको टिजरलार्इ 3D र 2D मा पनि सार्वजनिक गरिनेछ।

२९ नोभेम्बरलाई रिलिज मिति तोकेको सिनेमा हिन्दी, तमिल तथा तेलेगुमा गरी एकसाथ ३ भाषामा रिलिज हुनेछ। सार्वजनिक टिजरले फिल्म हलिउड स्तरमा बनेको देखाएको छ। दर्शकका लागि फिल्म निक्कै प्रतिक्षित मानिएको छ।

 


 

More form the Internet

loading...