Suvadin, Home
NMB Bank Ltd 268.8k

यी हुन् २०१७ मा रिलिज हुने रोमान्टिक बलिउड फिल्म

यसै वर्ष रोमान्टिकका लागि विशेष पहिचान बनाएका बलिउड किङ शाहरूख खानलगायत थुप्रै कलाकारहरूकाे एक से एक दमदार फिल्महरू रिलिजकाे लाइनमा छन्। यस वर्ष रिलिज हुने रोमान्टिक फिल्मकाे बारेमा तपार्इंलार्इ हामी जानकारी दिँदैछाैं ताकि तपार्इंलार्इ अाफ्नाे फिल्मी प्लान बनाउन सजिलाे हाेस्।
शाहरूख खान र अनुस्का शर्मा।

बलिउडमा सन् २०१७ रोमान्टिक फिल्मकाे वर्ष रहनेछ भन्दा फरक नपर्ला। यसै वर्ष विभिन्न प्रतिक्षारत् राेमान्टिक फिल्महरू बजारमा अाउँदैछन्। रोमान्टिक फिल्महरूकाे माग प्राय: युवाहरूमा बढी हुन्छ र फिल्मका दर्शक भनेका पनि युवा हुन्। जसले फिल्मकाे व्यापार ह्वातै बढाइदिन्छन्।

यसै वर्ष रोमान्टिकका लागि विशेष पहिचान बनाएका बलिउड किङ शाहरूख खानलगायत थुप्रै कलाकारहरूकाे एक से एक दमदार फिल्महरू रिलिजकाे लाइनमा छन्। यस वर्ष रिलिज हुने रोमान्टिक फिल्मकाे बारेमा तपार्इंलार्इ हामी जानकारी दिँदैछाैं ताकि तपार्इंलार्इ अाफ्नाे फिल्मी प्लान बनाउन सजिलाे हाेस्।

ओके जानू

जनवरी १३ मा रिलिज हुने अाेके जानू फिल्मले यस वर्षकाे सुरूवात गर्दैछ। युवाहरूले याे फिल्मकाे बढी प्रतिक्षा गरिरहेका छन्। श्रद्धा कपुर र आदित्य राेय कपुरकाे सानदार केमेस्ट्री रहेकाे फिल्मका गीतहरू यसअघि नै हिट भइसकेका छन्। अादित्य र श्रद्धाकाे जाेडीलार्इ यसअघि पनि पर्दामा रूचाइएकाे थियाे।

काबिल

जनवरी २५ मा अर्काे रोमान्टिक फिल्म रिलिज हुँदैछ, काबिल। फिल्ममा राेमान्सका साथसाथै एक्सन पनि मिसाइएकाे छ। ऋतिक रोशन र यामी गौतमले पहिलाे पटक पर्दामा दृष्टीविहीन व्यक्तिहरूकाे भूमिका निभाएकाे भएकाले पनि याे चलचित्रकाे चर्चा बलिउड नगरीमा एकदमै पाइन्छ।

राबता

जुन ९ मा रिलिज हुने अर्काे रोमान्टिक फिल्म राबता पनि यस वर्षकाे सर्वाधिक पर्खाइमा रहेकाे बलिउड रोमान्टिक फिल्म हाे। फिल्ममा सुशान्तसिंह राजपुत र कृति सेननकाे दमदार अभिनय रहेकाे छ। निर्माताले फिल्मकाे बारेमा हाललार्इ धेरै जानकारी भने बाहिर ल्याएका छैनन्।

द रिङ

अगस्ट ११ मा शाहरुख खान र अनुष्का शर्मा अभिनित चलचित्र द रिङ प्रदर्शनीमा अाउँदैछ। सम्भवत: याे फिल्म वर्षकाे सर्वाधिक पर्खाइकाे फिल्ममा रहनेछ। शाहरूख र अनुष्का निकै लामाे समयपछि  एकसाथ पर्दामा अाउँदैछन्। पछिल्लाेपटक याे जाेडी रब ने बना दि जाेडीमा एक साथ देखिएका थिए तर फिल्मले राम्राे व्यापार गर्न सकेकाे थिएन।

मेरी प्यारी बिन्दु

मे १२ मा रिलिज हुने अर्काे बलिउड रोमान्टिक फिल्म हाे, मेरी प्यारी बिन्दु। युवाहरूका हटकेक आयुष्मान खुराना र परिनिति चोपडाले यस फिल्ममा अभिनय गरेका छन्। फिल्ममा परिनीति चोपडा दुर्इ वर्षपछि देखिँदैछिन्।

हाफ गर्लफ्रेन्ड

मे १९ मा रिलिज हुने हाफ गर्लफ्रेन्डकाे विशेष पर्खाइ हुनेछ युवाहरूलार्इ। हाफ गर्लफ्रेण्ड भारतीय चर्चित युवा लेखक चेतन भगतकाे उपन्यासमा अाधारित फिल्म हाे। फिल्ममा अर्जुन कपुर र श्रद्धा कपुरले अभिनय गरेका छन्। निकै चर्चित किताब भएकाले फिल्मकाे कहानी सबैलार्इ थाहा हुने नै भयाे तर फिल्ममा अर्जुन र श्रद्धाले अाफ्नाे भूमिका कसरी निभाएका छन् भन्नेबारे सबैलार्इ चासाे हुनेछ।

ट्वाइलेट- एक प्रेम कथा 

जुन २ मा रिलिज हुँदैछ, अर्काे रोमान्टिक फिल्म ट्वाइलेट - एक प्रेम कथा। फिल्ममा अक्षय कुमार र भूमि पेडनेकर राेमान्स गरिरहेकाे भेटिनेछन्। भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले घाेषणा गरेकाे स्वच्छ भारत अभियानकाे विषयवस्तुलार्इ न्याय दिन फिल्मले भूमिका खेल्ने बताइएकाे छ।

 

More form the Internet

loading...