Suvadin, Home

कसरी जोगाउने लोककला?

आआफ्ना पहिचानका लागि राष्ट्र्व्यापी रुपमा नेपाली जनता, संगठन र दलले आन्दोलन गरिरहेका छन्। जातीय पहिचानको मुद्दा पनि पेचिलो छ। तर। विभिन्न जातजातिको पहिचान गराउने लोप हुँदै गएको लोककला र संस्कृतिको संरक्षणप्रति ति पहिचान खोज्नेले चासो दिएका छैनन्।
कृष्ण लिलाको कथा जनाउन पश्चिम नेपालका थारु समुदायले भित्तामा बनाउने अष्टिम्की चित्र काजगमा उतारिएको अवस्थामा। यो चित्र देउमती चौधरीले बनाएकी हुुन्।

मुकेश टेंर्रा
धनगढी, वैशाख २९– मानिसको लक्ष्य उसको पहिचानले निर्धारण गर्छ र मानिसको पहिचान भनेको उसको लोककला र संस्कृति हो। लोककला र संस्कृतिबिना मानिस पहिचानविहीन मात्रै हुँदैन, मानव सभ्यताको मूल्य र मान्यता पनि रहन्न।

आआफ्ना पहिचानका लागि राष्ट्र्व्यापी रुपमा नेपाली जनता, संगठन र दलले आन्दोलन गरिरहेका छन्। जातीय पहिचानको मुद्दा पनि पेचिलो छ। तर। विभिन्न जातजातिको पहिचान गराउने लोप हुँदै गएको लोककला र संस्कृतिको संरक्षणप्रति ति पहिचान खोज्नेले चासो दिएका छैनन्।

पश्चिम नेपालका थारु, कठरियाथारु र रानाथारु जातिको लोककलाभित्र अष्टिम्की, ढकियामा विभिन्न पन्ह्वा (बुट्टा), विवाहिता महिलाको खुट्टा र हातमा पौराणिक ट्याटु, रंगिन पन्ह्वा भएका डेलुवा र भौंका, विभिन्न डिजाईन गुन्द्री, पिर्का, हाते पंखा, छत्री, सुप्पा, लहंया, चोलिया, हलोमा चराको आकार, घरको भित्तामा मयुर, हात्ती लगायतको चित्र, बेर्री, बेर्रा, सिह्रट्टा लगायतका वस्तुहरु पर्दछन् र खस जातिको लोककताभित्र जैती, स्वस्तिक लगायतका बस्तु पर्छन्।

तर, पछिल्लो समयमा थारु समुदायको अष्टिम्की, सादा ढकिया, डेलुवा, गुन्द्री, छट्री, सुप्पा, बेर्री मात्रै आक्कलझुक्लक रुपमा मात्रै देखा पर्दछ भने भने खस जातिको जैती कला पनि लोप हुँदै गएको छ। ‘लोककला लोप भइरहेका छन्’, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, लोककला विभागका कार्यक्रम संयोजक अशोक थारुले भने, ‘कतिपय लोककला लोप भइसकेका छन्।’

ढकिया, पैन, डेलुवा, भौंका र गुन्द्री बनाउने बाँबियो, मुँज, पुँजा, कसुना जस्ता जंगली झारहरु पनि अचेल पाउन छाडेका छन्। नयाँ पुस्ताले यस्ता समाग्री बनाउने कला सिकेका छैनन्। ‘यि वस्तुहरु बनाउने मुँज, कसुना, पुँजा सजिलै पाइन्न,’ ढकिया बुन्न पोख्त कलाकार देउमती चौधरीले भनिन्, ‘अबका मान्छेले यस्ता सामान बनाउन जानेका छैनन्।’

यि पश्चिम नेपालका खस जातिले विवाहका लागि जमीनमा माटोले बनाउने ‘जैती’। जैती धनगढीका नवराज भट्टले बनाएका हुन् ।

सामानको विकल्पको रुपमा आधुनिक सामाग्रीहरु सहज रुपमा उपलब्ध भएका छन्। प्लाष्टिकका भाँडाले यि समानलाई विस्थापित गरेका छन् । ‘आधुनिककलामा बजार आएपछि लोककला विस्थापित भएका छन्,’ नेपाल ललितकला प्रज्ञा प्रष्ठिानको लोककला विभागकी प्राज्ञ शारदा चित्रकार भन्छिन्, ‘आधुनिककलाप्रति युवा पुस्ता बढि आकर्षित छन्।’ ‘यसका लागि ठोस योजना बनाउन जरुरी छ,’ प्राज्ञ चित्रकारले भनिन्, ‘अन्तराष्ट्रिय बजारमा पनि लोककलाहरुको ठूलो माग छ।’

यि सामाग्री निर्माणमा प्रतिस्पर्धा र प्रतियोगिता नहुँदा पनि लोककला लोप हुँदै गएको बताउँछन्, थारु नागरिक समाजका संयोजक दिलबहादुर चौधरी। यसको संरक्षण, प्रबद्र्धन तथा बजारीकरणको माध्यमबाट लोककला र कलाकारको सम्मान हुनसक्ने बताउँछन्, उनस् बताउछन्। पुरानो पुस्ताबाट नयाँ पुस्तामा लोककला हस्तान्तरण गरेर यसको संरक्षण गर्न सकिने उनले बताए ।
लोककलाको महत्वबारे नयाँ र पुरानो दुबै पुस्तालाई जानकारी गराएर लोपोन्मुख लोककला संरक्षण गर्न सकिने लोककला विद्हरुको भनाइ छ। 
 


 

More form the Internet

loading...