Suvadin, Home
Citizen Bank 806.4k

Cover Image

रक्तिम सांस्कृतिक अभियानको सम्मेलन फागुनमा

सम्मेलन सम्पन्न गर्न राष्ट्रिय जनमोर्चा कास्कीसँग सम्बन्धित जनवर्गीय सङ्गठनको विशेष भेलाले उक्त दलका पूर्व जिल्लाअध्यक्ष गीरबहादुर कुँवरको संयोजकत्वमा ५१ सदस्यीय सहयोग समिति गठन गरिएको अध्यक्ष बिमल पाण्डेले जानकारी दिए। 

चिप्लेढुङ्गा, २४ माघ-रक्तिम सांस्कृतिक अभियानको ऐतिहासिक चौथो राष्ट्रिय सम्मेलन पोखरामा फागुन १, २ र ३ गते हुने भएको छ। यसको पूर्वतयारीको सिलसिलामा देशका विभिन्न जिल्लामा बैठक, भेला र सम्मेलन भइरहेको रक्तिम अभियानले जनाएको छ। 

सम्मेलन सम्पन्न गर्न राष्ट्रिय जनमोर्चा कास्कीसँग सम्बन्धित जनवर्गीय सङ्गठनको विशेष भेलाले उक्त दलका पूर्व जिल्लाअध्यक्ष गीरबहादुर कुँवरको संयोजकत्वमा ५१ सदस्यीय सहयोग समिति गठन गरिएको अध्यक्ष बिमल पाण्डेले जानकारी दिए। 


 

More form the Internet

loading...