Suvadin, Home

आशिरमान देशराजकाे 'ग्याङ्गस्टर ब्लूज' प्रदर्शन मिति सर्याे

हेमराज बिसीको निर्देशनमा छायांकनमा रहेको फिल्म ‘ग्याङ्गस्टर ब्लूज’को प्रदर्शन मिति बदल भएको छ। यसअघि अागामी बर्ष २०७४ को भदौ २३ मा प्रदर्शन हुने भनिएको फिल्म अब भदौको २ गते नै प्रदर्शन हुने भएको हो।
नायक आशिरमान देशराजका साथमा नायिका अाना शर्मा।

काठमाडाैं, फागुन १८ - हेमराज बिसीको निर्देशनमा छायांकनमा रहेको फिल्म ‘ग्याङ्गस्टर ब्लूज’को प्रदर्शन मिति बदल भएको छ। यसअघि अागामी बर्ष २०७४ को भदौ २३ मा प्रदर्शन हुने भनिएको फिल्म अब भदौको २ गते नै प्रदर्शन हुने भएको हो।

फिल्मका निर्माता सरोज न्यौपानेले फिल्मको रिलिज अघि सरेको पुष्टि गरेका हुन्। अभिनेता अनमाेल केसी स्टारर फिल्म ‘कृ’ को प्रदर्शन मिति परिवर्तन भएसँगै आफ्नो फिल्मको मिति सरेको उनले बताए। 

‘अनमाेल अभिनित फिल्म कृ दसैंमा अाउने भएपछि भदाैं २३ गतेलार्इ फिल्मकाे प्रदर्शन मिति ताेकेका थियाैं। तर, कृ का निर्माणपक्षले फिल्म भदाैं ९ गतेलार्इ सारेपछि ‘ग्याङ्गस्टर ब्लूज'काे मिति सारिएकाे' निर्माता न्यौपानेले बताए। दुबै फिल्म युवा पुस्तालार्इ लक्षित गरेर निर्माण भएका छन्।

फिल्म राम्रो बन्दैगर्दा हलमा होल्ड ओभर कायम हुनसक्छ। दर्शकको मनोभावना जित्न नसक्दा दोश्रो हप्ताबाट 'कृ'ले शो मा ओभरल्याप गर्नसक्ने न्याैपानेले बताए। दुवै फिल्म मल्टिप्लेक्स लक्षित हुँदा डिसिएन वितरक रहेको 'ग्याङ्गस्टर ब्लूज'ले मल्टिप्लेक्सका शो केहि होल्ड गर्ने दाबी निर्माण टिमको छ। 

'ग्याङ्गस्टर ब्लूज'काे मुख्य भूमिकामा नायक आशिरमान देशराज र नायिका आना शर्मा छन्। फिल्ममा आशिरमान र खानासँगै संयम पुरी, प्रमोद अग्रहरी, रोजिशा शाहि ठकुरी लगायतका कलाकार मुख्य भूमिकामा छन्।


 

More form the Internet

loading...