Suvadin, Home

गाैरी मल्ल
संघर्ष गर्दै, अघि बढ्दै

गौरी मल्ल साधारण छिन्, सरल छिन्, स्पष्ट र निडर छिन्। वाक्य टुंगिएपछि मुस्कुराउनु उनकाे अर्काे विशेषता हाे। उनको मार्गचित्र अरुको भन्दा फरक छ। स्टार कलाकार भएपनि उनलाई घमण्ड भन्ने कहिल्यै आएन। साधार जीवन शैली नै उनकाे राेजार्इ हाे। ‘मेरो जीवन साधारण छ, हिजो जस्तो थिएँ, आज पनि त्यस्तै नै छु,’ मल्लले शुभदिनसँग भनिन्, ‘मलाई हाइफाई शैली मन पर्दैन, यसैमा खुसी छु।’ उनलाई कलाको क्षेत्रकै माध्यमबाट समाज बदल्नु छ। केही समयअघि निर्माण गरिएको वृत्तचित्र उज्यालो नेपालमा पनि उनले अभिनय गरेकी छिन्। उनले भनिन्, ‘सकारात्मक कुराको प्रचार गर्नैपर्छ, यो नै समाज परिवर्तनका लागि मार्गदर्शन हुन्छ।’
नायिका गौरी मल्ल।

काठमाडौं, वैशाख ९ – साघुँरो दायरा र प्राविधिक रुपमा पछि रहेको नेपाली सिनेमा अहिले पनि सम्भावनाकै खोजीमा छ। कुन चाहिँ ट्रयाक सही होला भन्नेमा अझै पनि दुविधा कायम छ।

यद्यपि, प्रविधिको पहुँच विस्तार भइरहेकाले नेपाली फिल्मको रफ्तार केही न केही तेज भएकै हो। ‘अहिले त स्थिति यस्तो छ, आजभन्दा ३० वर्षअघि कस्तो थियो होला!,’ नेपाली रजतपटकी चर्चित नायिका गौरी मल्ल भन्छिन्, ‘तर पनि त्यति बेला कलाकर्मीको आफ्नै बलले धेरै जीवन्त सिनेमा निर्माण भएका छन्।’

नेपाली सिनेमा क्षेत्रलाई यो स्थितिसम्म ल्याउन अहोरात्र खट्ने सीमित कलाकर्मीमध्येकी एक हुन्, गौरी मल्ल। फिल्म निर्देशन गर्ने तयारीमा पनि उनी रहेकी छिन्। मल्लले ७० वटाभन्दा धेरै नेपाली फिल्ममा काम गरेकी छिन्। केही विदेशी फिल्मी प्रोजेक्टमा पनि उनीको योगदान रहेको छ।

जन्म काठमाडौंमा, पढाई पाल्पामा

स्टार कलाकार गौरी मल्लको जन्म काठमाडौंको नक्सालमा भएको हो। सन् १९६७ जनवरी १५ तारिखका दिन बुवा धनबहादुर मल्ल र आमा भीमकुमारी मल्ल (चन्द्रदेवी)की माइली छोरीको रुपमा भएको हो।

उनकी एक दिदी र एक जना बहिनी छिन्। गौरीको पढाई काठमाडौंमै सुरु भयो। काठमाडौंको महाराजगञ्जस्थित हाइस्कुलमा उनले सुरुवाती शिक्षा हासिल गरिन्। त्यसपछि उनले कान्तिश्वरी राज्यलक्ष्मी स्कुलमा अध्ययन गरिन्।

तर, काठमाडौंमा धेरै लामो समय उनी बस्न पाइनन्। गौरीका बुवा धनबहादुर मल्ल नेपाली सेनाका पूर्व मेजर हुन्। उनी बुवाको सरुवा भएसँगै कहिले तौलिहवा पुगिन्, कहिले पाल्पा। उनले एसएलसी परीक्षा पनि पाल्पाबाटै पास गरेकी हुन्।

एसएलसी पास गरेपछि उनी पाल्पाको तानसेनस्थित क्याम्पसमा पढ्न थालिन्। व्यवस्थापन संकायमा अध्ययन थालेकी गौरीले पढाई पूरा गर्नै पाइनन्। उनी भन्छिन्, ‘बिरामी भएर काठमाडौं आएकै बेला मलाई फिल्मको अफर आयो, त्यसपछि पढाई अघि बढाउन सकिनँ।’ 

सन्तानबाट फिल्मी यात्राको सुरुवात

वि.सं. २०४१ सालतिर काठमाडौं आएपछि गौरी मल्लको फिल्मी यात्रा सुरु भयो। उनको पहिलो फिल्म ‘सन्तान’ हो। वि.सं. २०४३ सालमा यो फिल्म रिलिज भएको थियो।

'मलाई केही थाहा थिएन, अर्हाएको काम गर्ने ‘हुन्छ’ ‘हवस्’ भन्ने मात्रै थियो मेरो काम,’ उनले थपिन्, ‘राम्रो गर्छु भन्ने नै लाग्यो, नर्भस पनि थिइन, बढी उत्साहित पनि थिइनँ।’ उनको पहिलो कमाई ८ हजार रुपैयाँ थियो। ‘अहिलेको ८ लाख रुपैयाँ जति नै हो,’ गौरीले भनिन्।

सन्तान फिल्मका लागि गौरीलाई ओम प्रोडक्सनका तर्फबाट भगवानदाश श्रेष्ठ र निर्देशक प्रकाश थापाले चयन गरेका हुन्। उनलार्इ बसुन्धरा भूषाल नै श्रेष्ठ र थापासँग चिनजान गराएकी छिन्। उनलार्इ भूषालले नै फिल्म खेल्न उत्प्रेर

 त्यस लगतै उनले पिरती फिल्ममा काम गरिन्। उदितनारायण झा र चन्द्रप्रकाश घिमिरेले गौरीलाई उक्त फिल्मका लागि प्रस्ताव गरेका थिए। ‘पिरती’को सुटिङ सकिएपछि उनीले बसन्त श्रेष्ठले सञ्चालन गरेको डान्स सेन्टरमा नृत्य सिकिन्। ‘धेरै कलाकारले त्यहीबाट डान्स सिकेका हुन्,’ उनले भनिन्। पिरतीमा नविना श्रेष्ठको मुख्य भूमिका थियो। गौरी सहायक भूमिकामा।

चेलीबेटी, कन्यादान, स्वर्ग, सरस्वती, लोभीपापी, प्रतिज्ञा, भिष्मप्रतिज्ञा, बसन्ती, तपस्या, मामाघर जस्ता सफल फिल्म उनको केरियरका पहिलो दशकमा निर्माण भयो।

त्यति मात्रै होइन, उनले पछल्लो समय काम गरेका मुकुण्डो, होमवर्क लगायतका फिल्म पनि उत्तिकै सफल रहे। टेलिसिरियल ‘सिंहदरबार’ पनि नेपाली दर्शकले औंधी रुचाए। फागु, एकदिन एक रात, गाजलु आदि पनि नेपाली फिल्म उद्योगका राम्रा उदाहरण बन्न सफल भएका छन्। 

७० वटाभन्दा धेरै नेपाली फिल्ममा काम गरिसकेकी मल्ल अब निर्देशनको तयारीमा छिन्। ‘अहिले सार्थक कथावस्तुको खोजीमा छु,’ उनले भनिन्, ‘धेरै काम भइरहेका छन्, अध्ययन पनि चलिरहेको छ।’ 

त्यसो त गौरी मल्ल सिनेमामा मात्रै सीमित छैनन्। उनी उद्घोषणदेखि उत्प्रेरणात्मक कार्यक्रमसम्म गर्छिन्। उनी न्यूज–२४ टेलिभिजनमा ‘आमा’ कार्यक्रम सञ्चालन गर्छिन्। ‘हरेक चिजको आयु हुन्छ, जे पनि समयमै गरेको राम्रो,’ उनले थपिन्, ‘त्यसैले सकेसम्म राम्रो काम गरेर समाजमा योगदान दिने हो।’

अमेरिका र जापान बसाई

गौरी मल्लले आधा दशक त मुलुक बाहिर बिताएकी छिन्। तर, फिल्मका लागि थिएन, उनको संयुक्त राज्य अमेरिका र जापानको बसाई। काम तथा अन्य कार्यक्रमका लागि अाफू त्यहाँ बसेकाे उनले बताइन्।

‘अरु कार्यक्रम र कामका लागि जापान र अमेरिका गएकी थिएँ,’ उनले भनिन्। समय अनुसार विदेशी फिल्मझैं नेपाली फिल्ममा पनि सुधार र गुणात्मक विकास गर्न आवश्यक रहेको उनको निष्कर्ष छ। 

 

साधा जीवन उच्च विचार

गौरी मल्ल साधारण छिन्, सरल छिन्, स्पष्ट र निडर छिन्। वाक्य टुंगिएपछि मुस्कुराउनु उनकाे अर्काे विशेषता हाे। उनको मार्गचित्र अरुको भन्दा फरक छ। स्टार कलाकार भएपनि उनलाई घमण्ड भन्ने कहिल्यै आएन। साधार जीवन शैली नै उनकाे राेजार्इ हाे।

‘मेरो जीवन साधारण छ, हिजो जस्तो थिएँ, आज पनि त्यस्तै नै छु,’ मल्लले शुभदिनसँग भनिन्, ‘मलाई हाइफाई शैली मन पर्दैन, यसैमा खुसी छु।’ उनलाई कलाको क्षेत्रकै माध्यमबाट समाज बदल्नु छ।

केही समयअघि निर्माण गरिएको वृत्तचित्र उज्यालो नेपालमा पनि उनले अभिनय गरेकी छिन्। उनले भनिन्, ‘सकारात्मक कुराको प्रचार गर्नैपर्छ, यो नै समाज परिवर्तनका लागि मार्गदर्शन हुन्छ।’

राष्ट्रिय चलचित्र पुरस्कार, मोसन पिक्चर अवार्ड लगायत दर्जनौं पुरस्कार र सम्मान प्राप्त गरिसकेकी मल्ल साहित्य लेखन तथा गायनमा पनि उत्तिकै अब्बल छिन्।


 

More form the Internet

loading...