Suvadin, Home

सन्दीप गिरीको ‘घुर्केउली मायालु’मा पोखिएको असीम प्रेम (भिडियोसहित)

नवोदित गायक सन्दीप गिरीको पहिलो सांगीतिक कोशेली ‘घुर्केउली मायालु’ युट्यूबमार्फत सार्वजनिक गरिएको छ। गीतमा नवदम्पतीको प्रेम दर्शाउन खोजिएको छ। विवाहलगतै श्रीमान्–श्रीमतीबीच हुने अपेक्षाहरु र त्यसबाट उत्पन्न परिस्थितिलाई गीतका शब्दमार्फत उतार्न खोजिएको सन्दीपले बताएका छन्।
नवोदीत गायक सन्दीप गिरी।

काठमाडौं, २७ साउन – नवोदित गायक सन्दीप गिरीको पहिलो सांगीतिक कोशेली ‘घुर्केउली मायालु’ युट्यूबमार्फत सार्वजनिक गरिएको छ। गीतमा नवदम्पतीको प्रेम दर्शाउन खोजिएको छ।
विवाहलगतै श्रीमान्–श्रीमतीबीच हुने अपेक्षाहरु र त्यसबाट उत्पन्न परिस्थितिलाई गीतका शब्दमार्फत उतार्न खोजिएको सन्दीपले बताएका छन्। 

‘केही समयअघि म बी टेक्नोलोजी कम्पनीमा काम गर्थें, त्यहाँ मेरो एक जना सहकर्मी हुनुहन्थ्यो, उहाँको भर्खरै बिहे भएको थियो, र उहाँ श्रीमतीको कुरा गर्नु हुन्थ्यो, म गर्लफेन्डको,’ सन्दीप भन्छन्, ‘बिहेभन्दा पहिले र बिहेभन्दा पछि छुट्टै परिस्थिति बन्ने रहेछ, त्यसबीचमा सिर्जित परिवेशलाई समेटेर मैले यो गीत लेखेको हो।’

गायक सन्दीपकै शब्द र संगीत रहेको गीतको संयोजन क्लास एक्स प्रेजेन्टेशनले गरेको हो। 

को हुन् सन्दीप?

सुदूरपूर्वी पहाडी जिल्ला ताप्लेजुङको श्रीजंगा गाउँपालिका–१ सिनामका सन्दीप गिरी नवोदित गायक हुन्। कक्षा–५ मा पढ्दा पहिलो पटक सिनाम उच्च माविमा आयोजित एक कार्यक्रममा गीत गाएको उनी स्मरण गर्छन्। 

‘मलाई सानैदेखि नै गीत गाउने रुची थियो, तर औपचारिक रुपमा स्टेजमा गाएको चाहिँ सिनाम उच्च माविकै कार्यक्रममा हो,’ सन्दीप भन्छन्, ‘अब चाहिँ निरन्तर अघि बढ्ने सोच छ।’
वि.सं. २०५३ साल माघ १३ गते शान्तिराम र दुर्गादेवी गिरीका कान्छा सुपुत्रका रुपमा जन्मिएका सन्दीपले कयौं पटक स्टेजमा गाइसकेका छन्।

काठमाडौंको कलंकीस्थित हेनरी फोर्ड इन्टरनेशनल कलेजबाट एस्सी सिएसआइटी (स्नातक तह) पूरा गरेका सन्दीपले अध्ययन, व्यावसायिक जीवन र संगीत साधना एकसाथ अघि बढाउने लक्ष्य राखेका छन्।

 


 

More form the Internet

loading...