Suvadin, Home

गोबिन्दा ‘रंगीला राजा’ मा अभिनय गर्दै

गोबिन्दाको फिल्म रंगीला राजा जनवरी ११ मा रिलिज हुँदैछ। यो फिल्ममा मिशिका चौरासिया फिमेल लिड रोलमा देखिनेछिन्।

काठमाडाैं, ४ पुष – बलिउड अभिनेता गोबिन्दा फिल्म ‘रंगीला राजा’ बाट पुनः एकपटक ठूलो पर्दामा फिर्ता हुँदैछन्। फिल्ममा गोबिन्दाको दोहोरो भूमिका हुनेछ। कुनै बेला दुई हप्तामा ४९ फिल्ममा साइन गर्ने गोबिन्दा बलिउडमा लामो समयदेखि देखिएका छैनन्।

गोबिन्दाले फिल्म देवदास छोड्नुको कारणबारे जानकारी दिदैँ भने, ‘मलाई लाग्यो कि यो फिल्म मेरो लागि होइन। देवदासमा चुन्नीलालको भूमिका जब मलाई अफर गरियो तब मैले कास्टिङ डायरेक्टरलाई के तपाईंले ममा त्यो चुन्नीलाल देख्नुभयो जसले रक्सी खुवाएर कसैको हत्या गरिदिन्छ? उनले ‘त्यस्तो केही पनि होइन’ भन्ने देखेपछि मैले रोल अस्विकार गरेँ।’ पछि चुन्नीलालको भूमिका ज्यकी श्रोफले निभाए। जबकी तालमा अनिल कपुरको भूमिका गोबिन्दालाई अफर गरिएको थियो।

गोबिन्दाको फिल्म रंगीला राजा जनवरी ११ मा रिलिज हुँदैछ। यो फिल्ममा मिशिका चौरासिया फिमेल लिड रोलमा देखिनेछिन्।


 

More form the Internet

loading...