Suvadin, Home

युएईमा नेपाली महोत्सव हुँदै, नेपाली पत्रिका प्रकाशनको योजना

यस्तै, एक लाख पचास हजार दिराम (नेपाली करिब ४२ लाख रुपैयाँ)को कोष स्थापनाको तयारी थालिएको आचार्यले बताएका छन्। विश्वभरि नेपाली एशाेसिएसन दर्ता गर्न पहल गर्ने र युएईमा नेपाली पत्रिका प्रकाशनको लागि तयारी थाल्ने सार्वजनिक कार्यक्रममा उल्लेख छ।
हामी नेपाली एशाेसिएसनका पदाधिकारीहरु।

रुपेश अधिकारी, युएई, कात्तिक ५ – हामी नेपाली एशाेसिएसन नामक संस्थाले युएईमा नेपाली महोत्सव गर्ने भएको छ। आगामी दुई महिना भित्रमा आयोजना गर्ने गरी तयारी थालिएको एशाेसिएसनले दुबईमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो। 

एशाेसिएसनका अध्यक्ष डा. दिनेश आचार्यले नेपालीहरुलाई उत्पादन क्षेत्रमा लगानि गर्न प्रेरित गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको बताएका हुन्।

सम्मेलनका बीच सार्वजनिक गरिएका अन्य कार्यक्रम अन्तर्गत बाढी पीडित र सुस्ता वस्तीमा बाढी आउँदा बस्ने भवन निर्माणको तयारी सुरु भएको छ। उक्त भवन  स्थानीय समिति सञ्चालन गरी हस्तान्तरण गरिने छ।

यस्तै, एक लाख पचास हजार दिराम (नेपाली करिब ४२ लाख रुपैयाँ)को कोष स्थापनाको तयारी थालिएको आचार्यले बताएका छन्। विश्वभरि नेपाली एशाेसिएसन दर्ता गर्न पहल गर्ने र युएईमा नेपाली पत्रिका प्रकाशनको लागि तयारी थाल्ने सार्वजनिक कार्यक्रममा उल्लेख छ।

संस्थालाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि ३ हजार दिराम तलव दिएर एक जना मेनेजर राख्ने गरी खोजी भइरहेको छ। साथै २५ दिराम लिएर संस्थाको सदस्यता लिन सकिने अध्यक्ष आचार्यले बताएका छन्। युएईमा रहेका राजनीति दल र एनआरएनए बाहेक अन्य व्यक्ति यस संस्थमा समाहित हुन सक्ने छन्।


 

More form the Internet

loading...