Suvadin, Home

‘दि ब्रेक अप’ फिल्मको नयाँ गीत ‘हरपल’ सार्वजनिक

फिल्ममा आशिरमान र शिल्पाको अलावा रेमनदास श्रेष्ठ, सरोज खनाल, इच्छा कार्कीको मुख्य भूमिका रहेको छ।

काठमाडाैं, १६ मंसिर – हेमराज बिसीद्वारा निर्देशित फिल्म ‘दि ब्रेक अप’ को नयाँ गीत सार्वजनिक भएको छ। यस अघि ‘हिजो अस्ति..’ बोलको गीत सार्वजनिक भएको थियो। 

उक्त गीतको सफलतासँगै चलचित्र टिमले शुक्रबार प्रकाश मल्लको शब्द र बिराज गाैतमको सङ्गीत तथा स्वर रहेको दोस्रो रोमान्टिक गीत सार्वजनिक गरेको छ। हालै सार्वजनिक भएको ‘हरपल..’ बोलको गीतमा चलचित्रका मुख्य दुई कलाकार आशिरमान देशराज र शिल्पा मास्के केही इन्टिमेट सिन समेत रहेको छ। उक्त गीतलार्इ २ दिन मै २ लाख ३० हजार भन्दा बढी दर्शकले हेरिसकेका छन्।

फिल्ममा आशिरमान र शिल्पाको अलावा रेमनदास श्रेष्ठ, सरोज खनाल, इच्छा कार्कीको मुख्य भूमिका रहेको छ। फिल्ममा निर्देशक बिसीको साथै रुपक थापा, दीपक खतिवडा, रेनु राणाको संयुक्त रूपमा लगानी रहेको छ। पौष २७ गते प्रदर्शनको तयारी रहेको चलचित्रको कथा तथा पटकथा हेमराज बिसीको रहेको छ भने छायाङ्कन नरेन्द्र मैनालीको रहेको छ। चलचित्रमा कारियोग्राफी कविराज गहतराजले गरेका हुन्। 

 


 

More form the Internet

loading...