Suvadin, Home

#UnseenKashmir
काश्मिरी बालबालिकाले काेरेका यी तस्बिरले मथाङ्गल हल्लाइदिन्छ

कुनै तस्वीरमा आगोको झिल्का देखिन्छ त कुनैमा रगतको स्वरुप, कतै आकाश कालो छ त कतै धर्ती। तस्वीरहरुमा रातो (रगतको प्रतिक) रंग पछि कालो रंग (बिरोधको प्रतिक) को प्रयोग पनि प्रायः पाईन्छ। बालबालिका ले बनाएका ती तस्वीरहरलाई हेर्दा लाग्छ, कश्मिर भयभित छ र त्यसले बच्चाहरुको मन मस्तिष्कमा गहिरो प्रभाव पारेको छ। उनीहरुले कापीमा भरेको रंगले कश्मिरको बर्तमान अवस्थाको यथार्थ चित्रण गर्दथ्यो।  
हिंसाका कारण बिद्यालय बन्दभएपछि कास्मिरी बालबालिकाले बनाएकाे एक तस्बिर। तस्बिरः बीबीसी हिन्दी।

एक सायरीबाजले भनेका थिए– ‘बच्चाको दुनियाँमा मृत्यु भन्ने शब्द हुदैन, उनीहरुको दुनियाँमा उमंग हुन्छ, सपना हुन्छ, मुस्कान हुन्छ र चञ्चलाहट हुन्छन, बाल्यवस्था मासुम हुन्छ। उनीहरुको मन कोमल निस्वार्थ हुन्छ। दुनियाका गलत काम प्रवृतीबाट टाढा हुन्छ। 

तर अवस्था फेरिएको छ। बालबालिकाको मानसिकतामा परिवर्तन भएको छ। उनीहरु क्रुद्ध भएका छन् रिसाएका छन्। आफ्ना भावनाहरु पोख्न बिभिन्न थरिका प्रयोग गरिरहेका छन्। उनीहरुको नौलो प्रयोगबाट उनीहरुको मानसिकता कस्तो छ र उनीहरुले के भन्न खोजिरहेका छन् भनेर प्रष्टैसँग बुझ्न सकिन्छ।

काश्मिरलाई पहिले हिउँले ढाकिएका ठुल्ठूला पहाड, चराहरुको वासस्थान, प्राकृतिक सुन्दरताले भरिपुर्ण भु खण्डको रुपमा चित्रित गरिन्थ्यो। धर्तीको स्वर्ग भनिन्थ्यो। त्यहाँको सुन्दरतालाई देखेर मुगल बादशाहले धर्तीमा कही स्वर्ग छ भने त्यो काश्मिरमा छ भनेका थिए। 

त्यस्तै, उदाहरण प्रस्तुत गरेका छन्– भारत प्रशासित क्षेत्र कश्मिरका बालबालिकाले। सामान्य बालबालिका भन्दा उनीहरुको दुनियाँ फरक छ। लाग्छ, कश्मिरी बच्चाहरुको भोलापन, कोमलता र मुस्कान नै हराईसक्यो। काश्मिरका बच्चाहरुले आ–आफ्नो दुनियाँको तस्वीर बनाएका छन्। उनीहरुले कोरेका तस्वीरमा कश्मिरको आतंक, हिंसा, आन्दोलन, रगताम्य सडकभरि तितरबितर छरिएका ढुङगा र बन्द घरहरुको झलक देख्न सकिन्छ। जुन उनीहरुका आखाँ अगाडी भईरहेका क्रियाकलाप हुन्। 

विगत केही बर्ष यता काश्मिर अन्तरिक द्वन्द्वमा फसेको छ। तनाव, हिंसा र आतंकले जगडिएको छ। काश्मिरबासीहरुको शान्ति, सुखसुविधा, अमन चयन हराएको छ। यही सन्दर्भलाई लिएर बालबालिकाले काश्मिरबासीको मनमा बसेको हिंसा, आतंक र डरको अवस्थाको यथार्थ चित्रण तस्वीरको माध्यमबाट दिएका छन।

कुनै तस्वीरमा आगोको झिल्का देखिन्छ त कुनैमा रगतको स्वरुप, कतै आकाश कालो छ त कतै धर्ती। तस्वीरहरुमा रातो (रगतको प्रतिक) रंग पछि कालो रंग (बिरोधको प्रतिक) को प्रयोग पनि प्रायः पाईन्छ। बालबालिका ले बनाएका ती तस्वीरहरलाई हेर्दा लाग्छ, कश्मिर भयभित छ र त्यसले बच्चाहरुको मन मस्तिष्कमा गहिरो प्रभाव पारेको छ। उनीहरुले कापीमा भरेको रंगले कश्मिरको बर्तमान अवस्थाको यथार्थ चित्रण गर्दथ्यो।  

हिंसामा नौ हजार भन्दा बढी घाईते भए जसमा १५ बर्ष भन्दा मुनीका मात्रै करिब १२ सय बालबालिका थिए। हिंसा नियन्त्रण भन्दा बाहिर गएपछि स्कुल र विधालयहरु महिनै बन्द भएका थिए। बालबालिकाहरु महिनौसम्म घरभित्रै कैदी जीवन जिउन बाध्य भए। 

काश्मिरको हिंसा संसारमा सवैभन्दा लामो समयबाट चलेको विवादको नतिजा हो। आज यहाँको अवस्था यति विग्रिदै गयो कि त्यहाँका बालबालिकाको मनमा आतंकको डर गढेर बस्यो। 
काश्मिरलाई पहिले हिउँले ढाकिएका ठुल्ठूला पहाड, चराहरुको वासस्थान, प्राकृतिक सुन्दरताले भरिपुर्ण भु खण्डको रुपमा चित्रित गरिन्थ्यो। धर्तीको स्वर्ग भनिन्थ्यो। त्यहाँको सुन्दरतालाई देखेर मुगल बादशाहले धर्तीमा कही स्वर्ग छ भने त्यो काश्मिरमा छ भनेका थिए। 

तर, आज बालबालिका पहिलेको स्वर्ग काश्मिरको लाई बयान गर्न आफ्ना चित्रहरुमा प्रदर्शनकारीे, हातहतियार भिरेका सुरक्षाकर्मी, जल्दै गरेका स्कुलहरु तथा फोहरले भरिएका सडकहरु बनाईरहेका छन्। अचेल यहाँका बच्चाहरुको क्षितिजमा रगत छरिएको छ। मानिशहरु रगत्तमे छन्, गोली चलिरहेको छ। बातावरण भयभित छ, त्रसित छ।

२०१६ मा चरमपंथि बुरहान वानी सुरक्षाकर्मीबाट मारिएपछि काश्मिरमा हिंसा भडकिएको थियो। सो हिंसामा सुरक्षाकर्मी र प्रदर्शनकारी गरी भिडन्तमा एक सय भन्दा बढी मारिए। कश्मिरमा चार महिना भन्दा बढि समय त्यो हिंसा चलिरह्यो। हिंसा नियन्त्रणका लागी सुरक्षाबलले आखाँका लागी घातक मानिने पैलेटगनको प्रयोग गर्यो। जसको कारण सयौ प्रदर्शनकारीहरुले आखाँको ज्योती गुमाए।

उक्त हिंसामा नौ हजार भन्दा बढी घाईते भए जसमा १५ बर्ष भन्दा मुनीका मात्रै करिब १२ सय बालबालिका थिए। हिंसा नियन्त्रण भन्दा बाहिर गएपछि स्कुल र विधालयहरु महिनै बन्द भएका थिए। बालबालिकाहरु महिनौसम्म घरभित्रै कैदी जीवन जिउन बाध्य भए। उनीहरुको समय बिताउने साधन भनेकै टेलिभिजन मात्रै थियो। जसमा नियमित आउने हिंसाका खबर हेरेर उनीहरुको दिन वित्थ्यो र बाकीं समयलाई उनीहरुले अध्ययनमा र चित्र बनाउमा विताउने गर्दथे। 

स्कुल बन्द भएका कारण उनीहरुले आफ्ना साथीहरुलाई लामो समयसम्म भेट्न पाएका थिएनन्। स्कुल खुलेसँगै उनीहरुले साथीलाई भेटेर अंगालो मारे, आशुँ खसाले। महिनौ घरमा बस्न बाध्य बालबालिका आफ्ना शिक्षकलाई एउटै प्रश्न गरिरहेका थिए – आखिर हाम्रो स्कुल किन बन्द भयो, सर? 

स्कुल बन्द भएकाले कुनै शिक्षक पढाउन घर मै आउंथे। केही बालबालिकाले घरमै परिक्षा दिए भने केही स्कुलका बालबालिकाले इन्डोर स्टेडियम मा पनि परिक्षा दिन बाध्य भए। अन्ततः जाडो याममा महिनौ देखि बन्द स्कुलका ढोकाहरु उघ्रिए। महिनौ पछि स्कुलमा जान पाएका  बालबालिका अनुहारमा विभिन्न भावहरु देखिन्थ्यो। कोही रिसाएका थिए, कोही नर्भस थिए भने कोही आफ्नो भविष्यलाई लिएर चिन्ता व्यक्त गरिरहेको देखिन्थे।

स्कुल बन्द भएका कारण उनीहरुले आफ्ना साथीहरुलाई लामो समयसम्म भेट्न पाएका थिएनन्। स्कुल खुलेसँगै उनीहरुले साथीलाई भेटेर अंगालो मारे, आशुँ खसाले। महिनौ घरमा बस्न बाध्य बालबालिका आफ्ना शिक्षकलाई एउटै प्रश्न गरिरहेका थिए – आखिर हाम्रो स्कुल किन बन्द भयो, सर? 

बिद्यालय जान नपाएर घरमै बन्धक जीवन जस्तै विताउनुपर्दा बालबालिकाको मनमा आक्रोश भरिएको थियो। महिनौ पछि स्कुल आएका करिब तीन सय बालबालिका एउटा हलमा उपस्थित भए। उनीहरुले झोलाबाट कागज र रंग निकालेर चित्र कोर्न थाले। माहौल शान्त थियो। सवै एकध्यानले चित्र कोरिरहेका थिए, कोही रंग भरिरहेका थिए भने कोही तस्वीरमा केही लेखिरहेका थिए।

आफ्नो मनको भाव व्यक्त गर्न उनीहरुले अनेक प्रयोग गरेको देखिन्थ्यो। केही बच्चाहरुले ‘बबल’ को साहाराले स्वतन्त्रता दर्शाए, कसैले टेलिभिजनमा देखेका हिंसाका स्वरुप उतारे भने कसैले पुरै वाक्य लेखेर आफ्ना भावनाहरु प्रस्तुत गरे। बालबालिकाले बनाएका ती तस्वीरहरुमा बल्दै गरेको आगो प्रस्टै देखिन्थ्यो। सडकभरि तितरबितर भएका ढुङगा, केही तस्वीरमाकालो फोहरको डंगुर र आकासमा जलेको सुर्य थियो। उनीहरुले बनाएका तस्वीरमा हावामा चरा उडिरहेका देखिन्थे भने जमिनमा केवल हिंसाको नक्सा र छाप थियो। कतिपय तस्वीरमा त हिंसाका क्रममा घाइते भएकाहरुको मुहारहरु देखाइएका थिए। 

एउटा यस्तो तस्वीर छ, जसमा एउटी आमा आफ्नो छोराको पर्खाइमा बसेकी छिन्। त्यस्तै, अर्को तस्वीरमा एउटा केटी भगवानसँग प्राथना गरिरहेकी छिन् कि हाम्रो भविष्य सुन्दर बनाउँनुस हामीलाई पढन् दिनुस, लेख्न दिनुस्।

धेरैजस्ता बालबालिकाले हिंसाका वेला सुरक्षाकर्मीले प्रयोग गरेको ‘पाईलटगन’ का कारणले आखाँको ज्योेति गुमाएको तस्वीर उतारेका थिए। एक तस्वीरमा एउटा बच्चाले म फेरि दुनियाँ देख्न सक्दिन म आफ्ना साथीहरुलाई कहिल्यै देख्न सक्दिन्, म आधा भइसके भनेर लेखेका छन्। केही तस्वीरहरुमा सडकमा छरिएर रहेका लास देखाइएको छ भने सुरक्षा बल र हिंस्रक प्रदर्शन गरिरहेका प्रदर्शनकारीलाई पनि देखाइएको छ। 

एउटा तस्वीरमा स्कुलमा आगो लागेको छ। स्कुलभित्र एउटा बच्चा फसेको छ, उ कराएर मलाई बचाउँनुस, मलाइ सहयोग गर्नुस भनिरहेको छ। हाम्रो स्कुललाई बचाउँ र हाम्रो भविष्यलाई बचाउँ भनिरहेको छ। कोरिएका केही चित्रहरुमा हाम्रो काश्मिरलाई बचाउनुस् भन्ने पनि लेखिएको छ भने कसैले रगत बगिरहेको काश्मिरको नक्सा पनि बनाएका छन्। कसैले घरको नक्सा बनाइ भारतको झण्डा राखेका छन् भने कसैले भारत र पाकिस्तान विचको खिचातानीको विषयलाई लिएर एउटा मान्छेको तस्वीर बनाई त्यसको अनुहारलाई दुई भागमा बाढेका छन्।

एउटा यस्तो तस्वीर छ, जसमा एउटी आमा आफ्नो छोराको पर्खाइमा बसेकी छिन्। त्यस्तै, अर्को तस्वीरमा एउटा केटी भगवानसँग प्राथना गरिरहेकी छिन् कि हाम्रो भविष्य सुन्दर बनाउँनुस हामीलाई पढन् दिनुस, लेख्न दिनुस। हिंसाको अवस्थाको बाहना बनाएर हाम्रो भविष्य माथि खेलबाड नगर्नुस भन्ने सन्देश दिइएको छ। 

अझै पनि बच्चाहरुको आशा छ, अहिले पनि उनीहरुको दिमागमा सुनौला सपनाहरु छन्। जरुरत छ त,  ति आखाँमा बसेका सपनाहरुलाई सहीबाटोमा डोर्याउने। कश्मिरलाई झै यी बच्चाहरुलाई पनि अमनचयन तथा सुखशान्तीकोे पर्खाई छ। (बीबीसी हिन्दीमा काश्मिरबाट सौतिक बिश्वासले लेखेकाे समाचारकाे नेपाली रूपान्तरण)


 

More form the Internet

loading...