Suvadin, Home

गायिका बन्दैछन् यी अभिनेत्री

केही प्रतिभाशाली अभिनेत्रीहरू छन्, जाे अभिनयमा  मात्र सीमित छैन। अभिनयबाहेक विभिन्न क्षेत्रमा अाफूलार्इ जाँच्न डराउँदैनन्। केही अभिनेत्री फिल्ममा अभिनयका अतिरिक्त फिल्म निर्माण, स्टेज हाेस्ट गर्न अग्रसर  देखिन्छन्। याे प्रतिभाशाली अभिनेत्रीकाे सूचीमा छन् प्रियंका कार्की, नम्रता श्रेष्ठ, रेखा थापा, अनु सिंह,रेखा थापा  र निरूता सिंह।  
नायिकाहरू।

काठमाडाैं, पुस १९


हलिउड, बलिउडका अभिनेत्री या अभिनेतामा, गीत गाउने चलन बढ्दो  छ। यही चलनकाे सिकाे अहिले कलिउडले पछ्याएकाे छ। प्रतिस्पर्धा अभिनयमा त छँदै छ, तर गीतमा पनि याे झल्केकाे छ।

बलिउड  कलाकार अमिताभ बच्चन, अभिषेक बच्चन , सलमान खान, प्रियंका चाेपडा, गायनमा अग्रसर छन्। अमिताभ बच्चनले अाफ्नाे फिल्म, 'वजिर', 'शमिताब' मा  गीत गाएका छन्। त्यस्तै, सलमान खानले फिल्म हिराेमा, 'तु हे मेरा हिराे’ गाएका छन्।  प्रियंका चाेपडाले अाफ्नै एल्बम् समेत निकालेकी छन्। ‘अाज मुड इसकहाेलिक हे' बाेलको गीतमा  साेनाक्षी सिन्हाले गाएकी छिन्।

यस्तै, अालिया भट्ट, परिनीति चाेपडा, श्रद्धा कपुर, रणवीर कपुर, रणवीर सिंह, बरून धबनले गाएर समाजिक सञ्जालहरूमा पोस्ट गरेकाे देखिन्छ। 

नेपाली चलचित्र जगतमा भने अभिनेताभन्दा अभिनेत्री बढी प्रतिभाशाली  भएकाे केही नायिकाले पुष्टि गरेका छन्। 

केही प्रतिभाशाली अभिनेत्रीहरू छन्, जाे अभिनयमा  मात्र सीमित छैन। अभिनयबाहेक विभिन्न क्षेत्रमा अाफूलार्इ जाँच्न डराउँदैनन्। केही अभिनेत्री फिल्ममा अभिनयका अतिरिक्त फिल्म निर्माण, स्टेज हाेस्ट गर्न अग्रसर  देखिन्छन्। याे प्रतिभाशाली अभिनेत्रीकाे सूचीमा छन् प्रियंका कार्की, नम्रता श्रेष्ठ, रेखा थापा, अनु सिंह,रेखा थापा  र निरूता सिंह।  

नायिका प्रियंका कार्कीलार्इ विभिन्न गीतकाे कभरसँग अपलाेड गरेकाे देखिन्छ। चर्चित गीत, ‘तिमिले त हैन’, ‘माया त मायै हाे’ गीत गाएकी  छन् भने 'स्वतन्त्र ', गीत अाफैं गाएकी छन्।

यस्तै,  नम्रता श्रेष्ठ, रेखा थापा, अनु सिंह र निरूता सिंहले गीत गाएका छन्। नेपाली चलिचत्र,'साेल सिस्टर'मा अावाज दिएकी नम्रतालार्इ स्टेजमा गीत गाउँदै गरेकाे देखिन्छ। रेखा थापाले अाफ्नाे फिल्महरूमा अावाज दिएकी छन् भने रेखालार्इ पनि विभिन्न  कार्यक्रममा गीत गाउँदै माहाेल तताएकाे देखिन्छ। 

 


 

More form the Internet

loading...